Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

६ लाख नेपाली युवा रोजगारी गुमेपछि फर्किए

६ लाख नेपाली युवा रोजगारी गुमेपछि फर्किए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ४, २०७८ सोमवार • ११:१२:५८ बजे
  • 1.7K
    SHARES
  • ६ लाख नेपाली युवा रोजगारी गुमेपछि फर्किए

    स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । 

    images

    अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकेको छैन । कोरोना कहरपछि वैदेशिक रोजगारीमा असन्तुलन देखिएको छ ।

    कोभिडअघि दैनिक एक हजार पाँच सय जना श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका थिए । अहिले वैदेशिक रोजगारीमा धेरै गिरावट आएको छ ।

    नेपाल राष्ट्र बैंकको असारसम्मको तथ्यांकअनुसार २०७७\०७८ मा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानीकरण) ६२.८ प्रतिशतले घटेको छ ।

    अघिल्लो वर्ष यस्तो संख्या २०.८ प्रतिशतले गरेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने श्रमिकको संख्या ४६.८ प्रतिशतले घटेको छ ।

    अघिल्लो वर्ष यस्तो संख्या ३४।७ प्रतिशतले घटेको थियो । "यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ" ।

  • सम्बन्धित विषय:

  • # ६ लाख नेपाली युवा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology