Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओली मलामी जाँदा पनि बाजागाजा बजाउने प्रवृत्तिका मान्छे हुन :प्रचण्ड

ओली मलामी जाँदा पनि बाजागाजा बजाउने प्रवृत्तिका मान्छे हुन :प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ४, २०७८ सोमवार • ११:३५:०० बजे
  • 1.6K
    SHARES
  • ओली मलामी जाँदा पनि बाजागाजा बजाउने प्रवृत्तिका मान्छे हुन :प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रवृत्ति मलामी जाँदा पनि बाजागाजा बजाउने खालको भएको बताएका छन् ।

    images

    आज सूर्यनाथ रान यादवको ३६औँ स्मृति दिवसका अवसरमा तराई पुगेको बेला यस्तो बताएका हुन् । उनले ओली जाली, झेली, बेइमानी भएको कुरा घनश्याम भूसाल, योगेश भट्टराईलगायत ८–१० जना नेताहरुले सिकाएको बताए ।

    बालुवाटारबाट बालकोट जाँदा पराजित भएर गएपनि ओलीले बाजागाजा बजाएर जात्रा देखाएको भन्दै प्रचण्डले ओली प्रवृत्तितिर कोही लाग्न नहुने बताए ।

    ‘सन्नाटा भएर, निरास भएर सोच्दै जानुपर्ने ठाउँमा मानौ ठूलै जित हासिल गरे जस्तो गरी बालकोटतिर ओली लागे, त्यस्तै त्यस्तै गर्न सिपालु छन् तिनी’ उनले भने, ‘हामीचाहिँ त्यस्तो हुन नपरोस, साँचो अर्थमा राष्ट्र, जनता र सिद्धान्तप्रति निष्ठावान हुन पाइयोस ।’

    उनले ओलीको कदमविरुद्धको आन्दोलनमा उनीहरुले आफूहरुलाई यस्तो कुरा सिकाएको र नेतृत्व तहमा रहेका नेताहरुलाई खुट्टा दह्रो टेक्न पटक पटक सचेत गराएको बताए ।

    अहिले उनीहरु तीनै ओलीको पक्षमा लागेको प्रचण्डले बताए । उनले त्यति धेरै ओलीको विरोध गर्ने नेताहरु फेरि ओलीको शरणमा गएको भन्दै माओवादीभित्र पनि एमाले प्रवृद्धि बढ्दै गएको बताए ।

    उनले एमालेहरु जस्तै द्वैध चरित्र माओवादीभित्र पनि बढ्दै गएको बताए । उनले अहिलेसम्म माओवादीले देशमा जितेपनि हारेको जस्तो बनाएको बताए ।

    उनले अहिलेपनि देश माओवादीको एजेन्डामा चलेको तर, माओवादीलाई हारेको जस्तो बताएको बताए । उनले आफ्नो लागुभएको एजेन्डालाई प्रचार गर्दै लागु गर्नुपर्ने योजनालाई थप सशक्त ढंगले उठाउन पर्ने बेला आएको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology