Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेकपा एमालेका अध्यक्ष ओलीको मुद्दामा आज सुनुवाइ हुँदै

नेकपा एमालेका अध्यक्ष ओलीको मुद्दामा आज सुनुवाइ हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ४, २०७८ सोमवार • ११:४३:२६ बजे
  • 2.3K
    SHARES
  • नेकपा एमालेका अध्यक्ष ओलीको मुद्दामा आज सुनुवाइ हुँदै

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइका लागि पेसी तोकिएको छ ।

    images

    सर्वोच्च अदालतको पेसी सूचीमा उक्त रिट निवेदन न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको इजलासमा सुनुवाइ हुनेगरी तोकिएको छ ।

    एमालेले साउन् २५ को केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधवकुमार नेपालसहित १४ सांसद्लाई निष्कासन गरेको पत्र भदौ १ गते संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । तर, सचिवालयले सो सूचना टाँस नगरेपछि माधवकुमार नेपालले एमालेबाट विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिए ।

    आयोगले नेकपा (एकीकृत समाजवादी)लाई दलको मान्यता दिइसकेपछि मात्र संसद् सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारबाही गर्नु नपर्ने सूचना टाँस्यो ।

    एमाले अध्यक्ष ओलीले पार्टीबाट कारबाही गरिएका १४ सांसद्समेतको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए ।

    पार्टीले कारबाही गरेको बारेमा जानकारी गराउँदासमेत "सभामुख अग्निप्रसाद सापकोटा"ले ती १४ सांसद्लाई पदमुक्त नगरेर नयाँ दल दर्ताका लागि भूमिका निर्वाह गरेको जिकिर पनि रिट निवेदनमा गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology