Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले सांसदको नाराबाजीकै बीच प्रतिनिधिसभाबाट बजेट पारित,सरकारलाई खर्च गर्ने बाटो खुल्यो

एमाले सांसदको नाराबाजीकै बीच प्रतिनिधिसभाबाट बजेट पारित,सरकारलाई खर्च गर्ने बाटो खुल्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ४, २०७८ सोमवार • १२:२३:३९ बजे
  • 2.3K
    SHARES
  • एमाले सांसदको नाराबाजीकै बीच प्रतिनिधिसभाबाट बजेट पारित,सरकारलाई खर्च गर्ने बाटो खुल्यो

    प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीबीच प्रतिनिधि सभाबाट बजेट पारित भएको छ ।

    images

    सोमबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित होस् भनेर प्रस्ताव राख्नुभएको थियो । उक्त प्रस्ताव एमालेको नाराबाजीका बीच विधेयक बहुमतले पारित भएको हो ।

    तत्कालीन केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले भदौ २५ गते प्रतिस्थापन विधेयक ल्याएको थियो ।

    प्रतिनिधिसभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा जान्छ ।

    राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ ।  बजेट पारित नहुँदा भदौदेखि ३१ सरकारी खर्च रोकिएको थियो।

    बजेट पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ। त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिस्थापन विधेयक प्रमाणिकरण गर्नुपर्नेछ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology