Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एकीकृत समाजवादी जाजरकोटमा कृष्ण विसीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी गठन

एकीकृत समाजवादी जाजरकोटमा कृष्ण विसीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी गठन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ४, २०७८ सोमवार • १३:२९:२१ बजे
  • 1.0K
    SHARES
  • एकीकृत समाजवादी  जाजरकोटमा कृष्ण विसीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी गठन

    नेकपा (एकीकृत समाजवादी) जाजरकोटमा कृष्ण विसीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । अगुवा कार्यकर्ता भेलाबाट उपाध्यक्षमा कमानबहादुर खड्का, सचिवमा गंगबहादुर शाही, उप–सचिवमा मानबहादुर बुढा चएन भएका छन् ।

    images

    भेलामा नेकपा (एस) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले कम्युनिस्ट सिद्धान्त, मूल्य, मान्यता र आचरणमा रहेका नेता कार्यकर्ताहरूलाई पद, कुर्सी र पैसाको मोह नहुने बताइन् ।

    सच्चा कम्युनिस्ट कार्यकर्ताले निष्ठाको राजनीति गर्ने बताउदै झाँक्रीले पैसा, कुर्सी र पदको बार्गेनिङ्ग बेमानहरूले गरिरहेको बताइन् ।

    पार्टीको सिद्धान्त र नीतिप्रति इमान्दार नेता कार्यकर्ताहरूले सधैँभरि विद्रोह गर्ने बताउँदै उनले कम्युनिस्ट आचरण र नैतिकतामा भएका नेता कार्यकर्ताहरूले माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एमाले)बाट बिद्रोह गरेको बताइन् ।

    जिल्लास्तरीय उक्त अगुवा कार्यकर्ता भेलामा नेकपा (एस)का कर्णाली प्रदेस कमिटी सदस्य तथा कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री अमरबहादुर थापा, जिल्लाका नेता कृष्ण विसी, कमानबहादुर खड्का, डम्बरसिंह लगायतका नेताहरूले सम्बोधन गरेका थिए

    । "यस्तै नेताहरूले औपचारिक रुपमा नेकपा" (एस), जाजरकोट जिल्ला पार्टी कार्यालयको उद्घाटन पनि गरेका थिए।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology