Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रतिनिधिसभाको अर्को बैठक असोज ७ गते

प्रतिनिधिसभाको अर्को बैठक असोज ७ गते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ४, २०७८ सोमवार • १४:३९:१० बजे
  • 670
    SHARES
  • प्रतिनिधिसभाको अर्को बैठक असोज ७ गते

    सोमबार बसेको प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षका लागि बजेट पारित गरेको छ भने दुई आर्थिक विधेयक स्वीकृत भएको छ ।

    images

    एमालेको विरोधकाबीच विनियोजन विधेयक पारित भएपछि सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक विधेयक २०७८ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए ।

    सभामुखले विधेयकमाथि सैद्धान्तिक छलफलका लागि सांसद प्रेम सुवाललाई ३ मिनेट समय दिएका थिए ।

    सुवालले चुरोट खैनी सूर्तिमाथि प्रतिबन्ध लगाउन माग गरेका थिए । भक्तपुरको साना औद्योगिक क्षेत्रले सो क्षेत्रमा स्थानीयवासीलाई असर पुर्याएको भन्दै अविलम्ब हटाउन माग गरेका थिए । 

    विद्यालयको आयकर घटाउन माग गरेका थिए । सो विधेयक सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत गरेको थियो । यस्तै अर्थमन्त्रीले सभामा प्रस्तुत गरेको राष्ट्र ऋण उठाउने विधेयक २०७८ पनि बहुमतले स्वीकृत गरेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology