Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

हाइसन्चो भएको मान्छेले संसदमा किन नारा लगाउनुपर्यो : माधव नेपाल

हाइसन्चो भएको मान्छेले संसदमा किन नारा लगाउनुपर्यो : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ४, २०७८ सोमवार • १८:५६:५५ बजे
  • 1.6K
    SHARES
  • हाइसन्चो भएको मान्छेले संसदमा  किन नारा लगाउनुपर्यो : माधव नेपाल

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

    images

    पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको बिस्तारित बैठकलाई सोमवार सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको दाबी गरे ।

    उनले नेताहरुलाई धन्यवाद समेत व्यक्त गरे । आफ्नो पार्टी कसैको पार्टीभन्दा कम नभएकाले नेता, कार्यकर्तालाई नआत्तिन उनले आग्रह गरे ।

    ‘एक र तीन नम्बर प्रदेश (बागमती)मा छिट्टै हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरु स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहान्छु’, उनले भने ।

    एमालेबाट आफुहरु चोइटिएर हाइसन्चो भएको भन्ने केपी ओलीको भनाइप्रति लक्षित गर्दै नेपालले हाइसन्चो भएको मान्छेले किन संसदमा नारा लगाउनुपर्यो भन्ने प्रश्न पनि गरे ।

    आज हामी सुनिरहेका छौँ चोइटिएर केही मान्छेहरु गए, हाइसन्चो भयो । यो साँच्चै हो भने त त्यो संसदमा नारा किन लगाउनुपर्यो हाइसन्चो भएको मान्छेले ? पिलो निचरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिनै किन संसदमा कराउनुपर्ने स्थिति बनेको छ ?

    सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमाले सांसदहरु अरुको काँधमा चढेर माइक खोस्दै संसदमा उफ्रिएको टिप्पणी गरे ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology