Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ओलीको मुद्दा ‘हेर्दाहेर्दै’ मा

ओलीको मुद्दा ‘हेर्दाहेर्दै’ मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ४, २०७८ सोमवार • १९:००:४६ बजे
  • 781
    SHARES
  • ओलीको मुद्दा ‘हेर्दाहेर्दै’ मा

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा सोमबार सुनुवाइ गरेको सर्वोच्च अदालतले कुनै आदेश जारी गरेन ।

    images

    न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भएको उक्त रिट निवेदनलाई ‘हेर्दाहेर्दै’ मा राखिएको छ । उक्त रिट निवेदनमाथि अब अर्को दिन सुनुवाइ हुनेछ ।

    रिट निवेदनका सम्बन्धमा अन्तरिम आदेश जारी गर्नुपर्ने हो या होइन भन्ने सन्दर्भमा सोमबार बहस भए पनि इजलासले कुनै आदेश दिएन ।

    एमाले अध्यक्ष ओलीले पार्टीबाट कारवाही गरिएका १४ सांसद समेतको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए ।

    पार्टीले कारवाही गरेको बारेमा जानकारी गराउँदासमेत सभामुख अग्निप्रसाद सापकोटाले ती १४ सांसदलाई पदमुक्त नगरेर नयाँ दल दर्ताका लागि भूमिका निर्वाह गरेको जिकिर पनि रिट निवेदनमा गरिएको छ ।

    तत्कालीन प्रधानमन्त्री ओलीले गत वैशाख २७ गते प्रतिनिधिसभामा आफूले विश्वासको मत लिँदा अनुपस्थित भएर ह्वीप उल्लंघन गरेकामध्ये पार्टीले कारवाही गरेका "१४ सांसद"लाई पदमुक्त गर्न पनि रिट निवेदनमा माग गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology