Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बिहान खाली पेटमा तातो पानी पिउँदाको फाइदा जान्नुहोस

बिहान खाली पेटमा तातो पानी पिउँदाको फाइदा जान्नुहोस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ४, २०७८ सोमवार • १९:०९:०१ बजे
  • 2.2K
    SHARES
  • बिहान खाली पेटमा तातो पानी पिउँदाको फाइदा जान्नुहोस

    हामी व्यस्तताका कारण स्वास्थ्यमा खेलबाड गरिरहेका हुन्छौँ । स्वास्थ्यलाई ख्याल नगरी जे भेट्यो त्यही खान्छौँ । लामो समयसम्म काम गर्ने र खाने समयलाई ध्यान नदिने बानीले भविष्यमा हामी गम्भीर रोगको सिकार हुन पुग्छौँ ।

    images

    त्यसैले हरेक दिन बिहान उठेदेखि राति नसुतेसम्म हामीले शरीरका लागि फाइदाजनक चीन खाने र शरीरलाई स्वस्थ राख्ने काम गर्न आवश्यक छ ।

    पेटसम्बन्धी समस्याहरुबाट बच्न हरेक बिहान तातो पानी र सख्खर खाने गर्नुपर्छ । सख्खरको सेवनले शरीरमा भएको हानिकारक पदार्थहरु बाहिर निस्किन्छ । सख्खरले शरीरभित्र हुने विषालु पदार्थहरुलाई पनि बाहिर फाल्ने काम गर्छ ।

     कहिल्यै पनि सख्खरको सट्टामा चिनीको प्रयोग गर्नुहुँदैन । चिनीले शरीरमा एसिडको मात्रा बढाउँछ । जुन हाम्रो स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । हरेक बिहान खाली पेटमा सख्खर खाने र तातो पानी पिउने गर्दा शरीरको स्टामिना पनि बढ्छ ।

    जसले शरीरमा रोग प्रतिरोधी क्षमतामा पनि विकास गर्छ । शारीरिक कमजोरीबाट बचाउँछ । स्वासप्रवाससम्बन्धी समस्या, दम आदि भएमा खाली पेटमा सख्खर खाएर तातो पानी पिउने गर्दा कम हुँदै जान्छ ।

    बिहान खाली पेटमा तातो पानी पिउँदा पाचनप्रणालीमा सुधार आउँछ । यसले खानालाई राम्रोसँग पचाउन मद्दत गर्छ । यसले पेटसँग जोडिएका समस्याहरु जस्तैः ग्याँस, कब्जियत, एसिडिटी आदिबाट छुटकारा दिलाउँछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology