Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यी महिलाले चिकेन बर्गर खादा , पहिलो गाँसमै भेटिन् मान्छेको औंला

यी महिलाले चिकेन बर्गर खादा , पहिलो गाँसमै भेटिन् मान्छेको औंला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ४, २०७८ सोमवार • १९:१६:५४ बजे
  • 2.2K
    SHARES
  • यी महिलाले चिकेन बर्गर खादा , पहिलो गाँसमै भेटिन् मान्छेको औंला

    एक महिलाले फास्ट फूड रेस्टुरेन्टमा चिकेन बर्गर अर्डर गरिन् । महिलाले बर्गरको पहिलो गाँसमै जे भेटिन्, त्यो देखेपछि उनको हालत खराब भयो ।

    images

    न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार बोलिभियामा बस्ने इस्टेफनी बेनिटेज एक फास्ट फूड रेष्टुरेन्टमा बर्गर खान गएकी थिइन् । पहिलो बाइट लिँदा उनले केही कडा चिज महसुस गरिन् ।

    जब बेनिटेजले के रहेछ भनेर हेरिन् तब उनको होस उड्यो किनभने चिकेन बर्गरभित्र मानिसको औंला भेटिएको थियो । यो घटनाबारे इस्टेफनी बेनिटेजले फेसबुकमा जानकारी दिएकी छिन् ।

    उनले घटना गत आइतबार भएको उल्लेख गरेकी छिन् । उनले उक्त बर्गर, भेटिएको मान्छेको औंला र यसबारे रेष्टुरेन्टको प्रतिक्रियालाई सोसल मिडियामा पोस्ट गरेकी छिन् ।

    उनले यसबारे रेष्टुरेन्टका कर्मचारीलाई जानकारी दिँदा बर्गर पहिले नै तयार भएर स्टोरमा पुग्ने र यसअघि यस्तो कहिल्यै नभएको बताइन् । साथै रेष्टुरेन्टको तर्फबाट बर्गरको पूरा पैसा फिर्ता दिइने पनि बताइयो ।

    सोसल भिडियामा महिलाको पोस्ट व्यापक रुपमा सेयर गरिएपछि बर्गर कम्पनीका प्रवक्ता दाहमेर–एस्क्वेले यसलाई ‘दुर्भाग्यपूर्ण घटना’ बताउँदै मासु काट्ने बेला उनका एक कर्मचारीको चोरी औंला काटिएको जानकारी दिइन् ।

    उनको सो कुरा स्थानीय प्रहरीले पनि पुष्टि गरेको छ । यसैबीच स्थानीय प्रशासनले रेष्टुरेन्टको यो ब्रान्चलाई अस्थायी रुपमा बन्द गर्ने र "कम्पनी"माथि जरिवाना लगाउने निर्णय गरेको छ ।

  • सम्बन्धित विषय:

  • # चिकेन बर्गर खादा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology