Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

तत्कालिन एमालेका १४ सांसद्को पद खारेजी मुद्दाकाे आज पनि सुनुवाइ हुँदै

तत्कालिन एमालेका १४ सांसद्को पद खारेजी मुद्दाकाे आज पनि सुनुवाइ हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ५, २०७८ मंगलवार • ११:१३:०६ बजे
  • 724
    SHARES
  • तत्कालिन एमालेका १४ सांसद्को पद खारेजी मुद्दाकाे आज पनि सुनुवाइ हुँदै

    नेकपा (एमाले)का तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसद्को पद खारेजी मुद्दाको सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ ।

    images

    सोमबार न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भएको मुद्दामा बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

    हिजो बहस नसकिएका कारण आज पनि सुनुवाइले निरन्तरता पाउने भएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले नेपालसहित १४ सांसद्लाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

    एमाले १४ जना सांसद्लाई कारबाही गरेको पत्र पठाए पनि सांसद् पद निलम्बन नगरेर सभामुख पार्टी फुटाउने मतियार बनेको आरोप लगाउँदै आएको छ । १४ जनालाई पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले संसद्‌मा निरन्तर अवरोध गरिरहेको छ ।

    एमालेले १ भदौमा संसद सचिवालयमा सांसदमाथिको कारबाहीको निवेदन दर्ता गरेको थियो । 

    सभामुख सापकोटाले विचाराधीन राखेका थिए । कारबाही विचाराधीन रहेकै बेलामा माधव नेपालले नयाँ पार्टी दर्ता गरेका थिए । नयाँ पार्टी दर्ता भइसकेको हुनाले सभामुखले कारबाही गर्नु नपर्ने निर्णय गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology