Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रुसको संसदीय भ्लादिमिर पुटिन पार्टी युनाइटेड रसिया दल विजयी

रुसको संसदीय भ्लादिमिर पुटिन पार्टी युनाइटेड रसिया दल विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ५, २०७८ मंगलवार • ११:१८:३७ बजे
  • 1.2K
    SHARES
  • रुसको संसदीय  भ्लादिमिर पुटिन पार्टी युनाइटेड रसिया  दल विजयी

    एजेन्सी । रुसको संसदीय निर्वाचनमा रुसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन पार्टी युनाइटेड रसिया विजयी भएको छ ।

    images

    पुटिनको पार्टीले यस पटक पाएको मत अघिल्लो निर्वाचनको तुलनामा कम रहेको छ । निर्वाचनमा ठूलो मात्रामा धाँधली भएको विपक्षीहरुले आरोप लगाएका छन ।

    यद्यपि निर्वाचन आयोगले सो आरोप खण्डन गरेको छ । संसदीय निर्वाचनको अधिकांश मतगणना सकिँदा पुटिनको युनाइटेड रसिया पार्टीले करिब ५० प्रतिशत मत हासिल गरेको छ ।

    अघिल्लो निर्वाचनको तुलनामा यो केही कम मत हो । सन् २०१६ को संसदीय निर्वाचनमा पुटिनको पार्टीले ५४ प्रतिशत मत पाएको थियो ।

    निर्वाचन आयोगका अनुसार दोस्रो स्थानमा रहेको कम्युनिस्ट पार्टीले १९ प्रतिशत मत पाएको छ । कम्युनिस्ट पार्टीको करिब ८ प्रतिशत मत बढेको छ ।

    अधिकारीहरुका अनुसार ४५० सिट रहेको संसदमा पुटिनको पार्टीले करिब दुई तिहाई बढी बहुमत आउने देखिएको "डिडब्ल्यु न्युज"ले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # रुसको संसदीय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology