Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्धको मुद्दा प्रधानन्यायाधीश जबराको इजलासमा

प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्धको मुद्दा प्रधानन्यायाधीश जबराको इजलासमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ५, २०७८ मंगलवार • १२:२५:४२ बजे
  • 1.2K
    SHARES
  • प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्धको मुद्दा प्रधानन्यायाधीश जबराको इजलासमा

    नेपाल विद्ययुत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर रिट निवेदनको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको छ ।

    images

    मंगलबार सर्वोच्च अदालतले तोकेको पेसी सूचिमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदन प्रधानन्यायाधीश जबराको इजलासमा राखिएको हो ।

    यसअघि भदौ २५ गते रिट प्रधानन्यायाधीश राणाकै इजलासमा पेसीमा चढेको भएपनि निवेदकको मागका आधारमा सुनुवाइ सरेको थियो ।

    शाक्यले आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई गरिएको नियुक्ति गैरकानुनी रहेको भन्दै बदरको माग गरेका छन् । यसअघि भएको सुनुवाइमा इजलासले दुवैको नियुक्तिीसम्बन्धी आवश्यक दस्तावेजहरु झिकाएको थियो ।

    शाक्यले आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई गरिएको नियुक्ति गैरकानुनी रहेको भन्दै बदरको माग गरेका छन् ।

    यसअघि भएको सुनुवाइमा इजलासले दुवैको नियुक्ति सम्बन्धी आवश्यक दस्तावेजहरू झिकाएको थियो । शाक्यले आफ्नो नियुक्ति ४ वर्षका लागि भएको भन्दै सरकारले बीचमै हटाउन नसक्ने र आफूलाई अन्यत्र पद सिर्जना गरी नियुक्त गर्न नमिल्ने जिकिर रिटमा गरेका छन् ।

    सरकारले शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गर्दै प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नियुक्त गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology