नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र अराजकता र गुटबन्दी अन्त्य नहुने बताएका छन् ।
उनले पार्टीभित्रको संगठनात्मक अराजकता र गुटबन्दीको समस्या स्वतः अन्त्य नहुने बताएको हो ।
उनले विधान अधिवेशन पेस गर्नेगरी महासचिव पोखरेलले तयार पारेको संगठनात्मक प्रस्ताावमा सो कुरा उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘माधवकुमार नेपालको नेतृत्वमा पार्टीबाट एउटा समूह बाहिरिए पनि संगठनात्मक अराजकता र गुटबन्दीको समस्या स्वतः अन्त्य हुँदैन ।
ठूला राजनीतिक परिवर्तन, राजनीतिक र सामाजिक द्वन्द्व तथा अन्तरपार्टी संघर्षको क्रममा वैधानिक सीमा मिचिँदा यस्तो समस्या पैदा हुने उनले उल्लेख गरेका छन् ।
उनले विगमा एमालेभित्रको अन्तर्विरोधलाई त्यहाँभित्रको स्थापित प्रणालीले एक हदसम्म बाँधेर राखेको भएपनि नेकपा माओवादीसँगको एकतापछि त्यो अवस्था नरहेको उल्लेख गरेका छन् ।
माओवादीभित्रको व्यक्ति केन्द्रित संगठनात्मक अभ्यास खुला राजनीतिकमा आएपछि अराजकको रुपमा संस्थागत भएको आरोप लगाएका छन् । उनले त्यो समस्या पार्टी एकता भएपछि नेकपभित्र प्रवेश गरेको उल्लेख गरेका छन् ।