तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध सर्वाेच्चमा अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
आज पेशीमा तोकिएको रिट न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइका लागि तोकिएपनि फैसला हुन सकेन,हेर्दा हेर्दैमा राखिएको छ ।
एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
पार्टीले कारवाही गरेका तत्कालीन एमालेका माधव नेपालसहित १४ सांसदलाई कानूनविपरीत दल दर्ता गर्न निर्वाचन आयोग र सभामुखले सहयोग गरेको भन्दै अध्यक्ष ओलीले सर्वोच्चमा रिट दायर गरेको थिए। हाल १४ सांसदको कारवाहीको विषयलाई लिएर प्रतिपक्ष दल एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।
सभामुख सापकोटाले कारवाही गरेकाहरुको सूचना नटाँसेसम्म संसद अघि बढ्न नदिने भन्दै एमालेले निरन्तर संसद अवरुद्ध पार्दै आएको छ ।