Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी केन्द्रले वडादेखि केन्द्रसम्मै निर्वाचनमार्फत नेतृत्व चयन गर्ने

माओवादी केन्द्रले वडादेखि केन्द्रसम्मै निर्वाचनमार्फत नेतृत्व चयन गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ५, २०७८ मंगलवार • १३:४२:२७ बजे
  • 955
    SHARES
  • माओवादी केन्द्रले वडादेखि केन्द्रसम्मै निर्वाचनमार्फत नेतृत्व चयन गर्ने

    नेकपा (माओवादी केन्द्र)ले वडादेखि केन्द्रीय समितिसम्म सबै तहका नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ ।

    images

    माओवादीले वडा, जिल्ला, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको हो ।

    माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । तल्ला कमिटीहरुका सम्मेलन राष्ट्रिय सम्मेलनअघि नै सकिएर नेतृत्व चयन हुने छ ।

    माओवादी केन्द्रीय कार्यालय इञ्चार्ज एवम् स्थायी समिति सदस्य वर्षमान पुनले वडादेखि केन्द्रसम्म २ लाख ८५ हजार पदहरुमा निर्वाचनमार्फत नेतृत्व चयन गर्ने जानकारी दिए ।

    निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने उल्लेख छ । अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेता पुनले सोमबार आयोजित केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमूखीकरण बैठकमार्फत सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने भन्दै त्यसैअनुसार तयारीमा जुट्न मातहत कमिटीलाई निर्देशन दिए ।

    बैठकमा केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठले निर्वाचन नियमावली, कार्यविधि र आचारसंहिताबारे प्रशिक्षण दिएका थिए । बैठकमा १८० केन्द्रीय सदस्य, ६ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका प्रदेश निर्वाचन समितिका ५÷५ जना सहभागी रहेको नेता पुनले जानकारी दिए ।

    प्रदेश निर्वाचन आयोगले छिट्टै नगर तथा गाउँ र वडा निर्वाचन समिति गठन गरी निर्वाचन केन्द्रित काम अघि बढाउने उनले बताए । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विधि र पद्धतिसम्मत रुपमा पार्टी सञ्चालन गरिने बताए ।

    अबदेखि पार्टीका सबै कमिटीका सदस्यदेखि पदाधिकारीसम्म निर्वाचनमार्फत चुनिने भन्दै उनले निर्वाचन आयोगको जानकारी र उपस्थितिबिना कुनै पनि कमिटीको निर्वाचन वा सम्मेलन नहुने स्पष्ट गरे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology