Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

लोकतन्त्र हामीले रगत पसिना बगाएर ल्याएको हो : ओली

लोकतन्त्र हामीले रगत पसिना बगाएर ल्याएको हो : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ५, २०७८ मंगलवार • १६:०२:२६ बजे
  • 3.1K
    SHARES
  • लोकतन्त्र हामीले रगत पसिना बगाएर ल्याएको हो : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु रैथाने लोकतन्त्रवादी भएको बताएका छन् । मदन मण्डारीको जीवन पुस्तक श्वेतशार्दुल विमोचन कार्यक्रममा ओलीले लोकतन्त्रका लागि नेपाली कांग्रेसका नेताको भन्दा कम त्याग आफूहरुले नभएको बताए ।

    images

    ओलीले भने, ‘अरुले ल्याइदिएको डेमोक्रेसीमा हामी सहभागी भएका होइनौं, हामीले रगत पसिना बगाएर ल्याएको हो ।’ उनले भने, ‘हामी अतिथि लोकतन्त्रवादी होइनौं, रैथाने लोकतन्त्रवादी हौं । लोकतन्त्रका लागि नेपाली कांग्रेसका कुनै नेताले भन्दा कम सेक्रिफाइज गरेका छैनौं ।

    नेपालको लोकतन्त्र यस्तो हुनुपर्छ भनेर एमालेले अघि सारेको खाका अरु पार्टीसँग नभएको ओलीको दाबी छ ।

    "यो सरकारले जनताको विपक्षमा काम गरिरहेको छ :एमाले"

    मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेको छ । दिउँसो १ बजे बसेको बैठकमा एमाले सांसदको अवरोधबीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित आएको विनियोजन विधेयकसम्बन्धी प्रस्ताव टेबुल गर्न अनुमति दिएका थिए ।

    त्यसअघि बैठकको सुरुमै बोल्दै एमाले सांसद देवेन्द्र दाहालले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अघिल्लो सरकार ढाल्नुको कारण पुष्टि गर्न नसकेको बताए ।

    ‘यो सरकार संविधान ध्वस्त बनाउन लागेको छ’, उनले भने, ‘यो सरकार चिर निद्रामा परेको छ । खासमा यो सरकार नै होइन स्वार्थीहरुको झुण्ड मात्रै हो ।

    ’ दल विभाजनसम्बन्धी अध्यादेश पार्टीहरू र यो व्यवस्था कमजोर बनाउन ल्याइएको उनले आरोप लगाए । ‘अध्यादेश पार्टीहरू र व्यवस्थालाई कमजोर बनाउन ल्याइएको हो । यो सरकार जनउत्तरदायी छैन । परमादेशबाट बनेको सरकार जनताप्रति उत्तरदायी छैन’, उनले भने, ‘अहिले संसदमा पनि गुरिल्ला अभ्यास भइरहेको छ ।

    अगाडिबाट आदेश आएपछि तलबाट गुरिल्ला शैलीमा कुदेर बजेट पेस गर्न पुगेको छ ।’ ‘विपक्षीहरुसँग संवादका लागि ध्यान नै दिएको छैन । यो सरकारले जनताको विपक्षमा काम गरिरहेको छ’ उनले भने, ‘जनतासँग प्रत्यक्ष जोडिएका सडक कटौती गरिएको छ।

    त्यस क्षेत्रका जनता यो सरकारका होइनन् ? यो सरकरले समृद्धि होइन, गरिबी दिइरहेको छ ।’ सरकारको लापरबाहीकै कारण अहिले देश बजेट शून्यता रहेको उनको भनाई छ ।

    ‘यो सरकारले पाँच लाख गरिबलाई पैसा बाँड्ने भनेको छ । बरु सातवटा प्रदेशका सदरमुकाम विभाजन गरेर सडकमा पैसा फ्याकिदिऊँ न’, उनले भने, ‘यो सरकारले गरिबको भलो गर्ने होइन, समृद्धि ल्याउने होइन, देशलाई अझै तन्नम बनाउँछ ।’

    ‘संसदले अध्यादेशमाथि छलफल गर्न पाउनु पर्छ’, उनले भने, ‘सभामुखले एमालेका १४ सांसदमाथिको कारबाहीबारेको सूचना नटाँसेसम्म यो सदनमा अवरोध जारी रहन्छ।’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology