Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

केपी ओलीले क्रान्तिकारी धार छाडेर दक्षिणपन्थी भासमा भासिन पुगेपछि विद्रोह गर्नुपरे हो : माधव नेपाल

केपी ओलीले क्रान्तिकारी धार छाडेर दक्षिणपन्थी भासमा भासिन पुगेपछि विद्रोह गर्नुपरे हो : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ५, २०७८ मंगलवार • १७:५३:३३ बजे
  • 940
    SHARES
  • केपी ओलीले क्रान्तिकारी धार छाडेर दक्षिणपन्थी भासमा भासिन पुगेपछि विद्रोह गर्नुपरे हो : माधव नेपाल

    नेकपा एकीकृत (समाजवादी पार्टी)का अध्यक्ष माधव नेपालले बाध्य भएर एमाले अध्यक्ष केपी ओलीसँग विद्रोह गर्नुपरेको बताएका छन् । 

    images

     केपी ओली एमालेको नवौँ महाधिवेशनपछि पार्टीको सिद्धान्त र विचार छाडेर दक्षिणपन्थी भासमा भासिन पुगेपछि कम्युनिस्ट क्रान्तिकारी धारको निरन्तरताका लागि नयाँ पार्टी बनाएको बताए ।

    काठमाडौँमा मंगलबारबाट सुरु भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टी कम्युनिस्ट क्रान्तिकारी धारको निरन्तरता भएको बताए ।

    उनले विद्रोह गरेर जन्मिएको पार्टीले मात्र जनताको विश्वास जित्न सक्ने भन्दै आफ्नो नेतृत्वको पार्टीले जनताको विश्वास जितेरै छाड्ने बताए । ‘कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी धारको निरन्तरता हो यो ।

    विगतमा भएका कतिपय कमजोरीबाट हामी मुक्त हुन चाहन्छौ । नराम्रा कुराहरूलाई पन्छाउन चाहन्छौ’, नेता नेपालले भने, ‘देश, जनता र युवाको आवश्यकता तथा चाहाना अनुसार परिवर्तन गरेर हामी अघि बढ्न चाहन्छौ ।

    उनले आफ्नो पार्टी यथास्थितिवादी नभई परिवर्तनकारी हुने दाबी समेत गरे ।

    ‘हामी यथास्थितिवादी होइन, परिवर्तनकारी शक्तिको धारका रूपमा उभिन चाहन्छौ’, अध्यक्ष नेपालले भने, ‘व्यक्तिवाद, गुटवाद, एकाधिकार, हुकुमी प्रवृत्तिका विरुद्ध सामूहिकताको भावनामा अघि बढिन चाहन्छौँ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology