Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शर्लिन चोपडाको निशानामा राज कुन्द्रा

शर्लिन चोपडाको निशानामा राज कुन्द्रा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ५, २०७८ मंगलवार • १८:३५:१४ बजे
  • 1.4K
    SHARES
  • शर्लिन चोपडाको निशानामा राज कुन्द्रा

    पोर्नोग्राफी मुद्दामा पक्राउ परेका बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्र छुट्टिइसकेका छन् । राज कुन्द्र ६२ दिनपछि जेलबाट बाहिर आएका हुन् ।

    images

    राज कुन्द्रामाथि अश्लील फिल्म बनाउने र एउटा एप्लिकेसनमार्फत् सार्वजनिक (पब्लिस) गर्ने गरेको गम्भीर आरोप लागेको थियो ।

    SAR1.jpg

    ५० हजार धरौटी रकम बुझाएर छुट्टिएका राज कुन्द्रा घर पुग्नु अगावै अभिनेत्री एवं मोडल शर्लिन चोपडाले ट्वीट गरेकी छन्, जहाँ उनले पहिलेजस्तै राज कुन्द्रामाथि कडा टिप्पणी गरेकी छन् ।

    राज कुन्द्रामाथि शर्लिनको यस्तो टिप्पणी अभिनेत्री तथा मोडल शर्लिन चोपडाले आफ्नो ट्वीटर अकाउन्टमा राज कुन्द्राको ट्विटर बायो सेयर गर्दै राज कुन्द्रामाथि कडा टप्पणी गरेकी हुन् ।

    अभिनेत्री शर्लिनले सेयर गरेकी राज कुन्द्राको ट्वीटर बायोमा लेखिएको छ, ‘जीवन पथको सही छनौट हो ।’ शर्लिनले राज कुन्द्राको सोही स्क्रिनसट सेयर गर्दै लेखेकी छन्, ‘कस्तो राम्रो ट्वीटर बायो ।

    शर्लिनले राज कुन्द्रामाथि मात्र नभई अभनेत्री शिल्पा शेट्टीप्रति पनि क्रोध व्यक्त गरेका छन् । त्यसोत केहीदिन अगाडि मात्र शर्लिनले शिल्पा शेट्टीलाई पनि गाली गरेकी थिइन् । शिल्पालाई पनि बनाइन् मजाक यसैबीच शिल्पा शेट्टीको भिडियो शेयर गर्दै शर्लिन चोपडाले लेखेकी छन्, ‘दिदी, तपाई नियमित योग र व्यायाम गर्नुहुन्छ ।

    SAR2.jpg

    त्यसैले माता वैष्णो देवीको पैदल यात्रामा किन समस्या भयो ।’ उक्त भिडियोे शिल्पा शेट्टीको वैष्णो देवीको यात्राको हो । शर्लिनले राज कुन्द्रामाथि लगाएकी थिइन् आरोप एफआईआरका अनुसार शर्लिन चोपडामार्फत् पोर्नोग्राफी केसमा राज कुन्द्रालाई पुलिसले पक्राउ गरेको थियो ।

    शर्लिन चोपडाले आफूलाई राज कुन्द्राले बयस्क उद्योगमा ल्याएकी बताएक थिइन् । शर्लिन चोपडाले हरेक प्रोजेक्टका लागि ३० लाख भारु लने गर्थिन् । शर्लिनले करिब १५ देखि २० वटासम्म बयस्क प्रोजेक्ट गरिसकेकी बताएकी छन् ।

    १९ जुलाईका दिन पक्राउ परेका थिए राज कुन्द्रा अश्लिल भिडियो बनाएर एक वेबसाइटमा अपलोड गरेको भन्दै पुसिलले राज कुन्द्रालाई १९ जुलाईका दिन पक्राउ गरेको थियो ।

    त्यसपछि लगातार राज कुन्द्राले कानूनी कारबाहीको सामना गर्दै आएका थिए । राज कुन्द्रामाथि पोर्न फिल्म (अश्लिल भिडियो) बनाउने र एक वेब एप्लिकेशनमा अपलोड गर्ने गरेको आरोप लागेको थियो, जहाँ शर्लिन चोपडा, पूनम पाण्डेलगायत अभिनेत्रीहरुको नाम पनि समावेश गरिएको थियो ।

    यस मुद्दामा पुलिसले अभिनेत्री शिल्पा शेट्टसँग पनि सोधपुछ गरेको थियो । यस मुद्दामा अभिनेत्री शिल्पाले आफ्नो कुनै लेनदेन नभएको बयान दिएकी थिइन् ।

    शिल्पाले सम्हालेकी थिइन् परिवार राज कुन्द्रा पक्राउ परेपछि अभिनेत्री शिल्पा शेट्टीले पूरै साहसका साथ सम्पूर्ण परिवारको हेरचाह सम्हालेकी थिइन् । उक्त कठीन समयबाट परिवारलाई बचाउन उनले हर तरिकाले काम गरेकी थिइन् । उनले आफ्नो व्यावसायिक प्रतिबद्धतालाई समेत पनि पूरा गरेकी छन् ।

  • सम्बन्धित विषय:

  • # शर्लिन चोपडा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology