Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सत्तारुढ गठबन्धनले डा. नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाउने

सत्तारुढ गठबन्धनले डा. नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ६, २०७८ बुधवार • १०:१४:२१ बजे
  • 766
    SHARES
  • सत्तारुढ गठबन्धनले डा. नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाउने

    आज मन्त्रिपरिषद विस्तार हुने भएको छ ।

    images

    सत्तारुढ गठबन्धनका दलहरुको मंगलबार बसेको बैठकले नेपाली काग्रेसका नेता डा. नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाउने निर्णय गरेसंगै आज मन्त्रिपरिषद विस्तार हुने निश्चित बनेको हो ।

    मन्त्रीमण्डलमा भागबण्डा मिलाउन मंगलवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो ।

    डा. खड्काले आज पद तथा गोपनियताको सपथ लिने बालुवाटार स्रोतले जनाएको छ । अन्य मन्त्रालयबारे गठबन्धनका दलहरुबीच कुनै सहमति हुन सकेको छैन ।

    मंगलवार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउबाबीच गठबन्धनमा रहेका चार दलहरुको बैठक डाक्ने छलफल भएको थियो ।

    लामो समय बितिसक्दा पनि "मन्त्रीमण्डल विस्तार"को काम पुरा गर्न नसक्दा सत्तारुढ गठबन्धनको चौतर्फी आलोचना हुँदै आएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology