Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काको शपथ दिउँसो १ बजे

नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काको शपथ दिउँसो १ बजे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ६, २०७८ बुधवार • १२:१२:०६ बजे
  • 673
    SHARES
  • नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काको शपथ दिउँसो १ बजे

    नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले बुधबार शपथ लिने भएका छन् ।

    images

    उनले दिउँसो १ बजे पद तथा गोपनियताको शपथ लिने राष्ट्रपति कार्यालयले जनाएको छ ।

    राष्ट्रपति विद्यादेवी भाण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति कार्यालयमा दिउँसो १ बजे शपथ ग्रहण समारोह आयोजना गरिने जनाकारी दिए ।

    सरकारले बुधबार नै नेपाली कांग्रेसका नेता डा.खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको थियो । सत्ता गठबन्धनबीच भएको सहमतिअनुसार उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमा नियुक्त गरेका हुन् ।

    सरकारले उनलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको जानकारी राष्ट्रपति भण्डारीलाई पठाएको थियो ।

    मन्त्रालयको कार्यभार सम्हालेर मन्त्री खड्का बुधबार नै "संयुक्त राष्ट्रसंघ"को महासभामा भाग लिन न्युयोर्क जाने कार्यक्रम छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology