Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बेलायतमा ३१ हजारभन्दा बढी कोरोना संक्रमित

बेलायतमा ३१ हजारभन्दा बढी कोरोना संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ६, २०७८ बुधवार • १४:०१:५४ बजे
  • 1.2K
    SHARES
  • बेलायतमा ३१ हजारभन्दा बढी कोरोना संक्रमित

    एजेन्सी । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का संक्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा ३१ हजार भन्दा बढी संक्रमित भएको बताइएको छ ।

    images

    बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले गएको २४ घन्टा यतामात्र करिब ३१ हजार ५ सय ६४ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका बताएका छ ।

    बेलायतमा केही दिनयताको यो संक्रमितको संख्या धेरै हो । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार केही हप्तायता यहाँ ठूलो संख्यामा नयाँ संक्रमितहरु थपिने क्रम जारी रहेको छ ।

    उनीहरुकाअनुसार यहाँ आजसम्म यहाँका संक्रमितहरुको संख्या ७४ लाख ९६ हजार ५ सय २० जना पुगेको छ । त्यसैगरी यहाँ यस संक्रमणबाट भएको मृत्युको संख्या १ लाख ३५ हजारभन्दा बढी पुगेको छ ।

    गएको २४ घन्टामा मात्र यहाँ २ सय ३ जनाको यही संक्रमणबाट ज्यान गएको बताइएको छ । लन्डनमा कोभिड १९ को अवस्था समयसमयमा सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको बताइएको छ ।

    केही समयअघि यहाँ भाइरसका संक्रमितहरु घटेपछि जनजीवनलाई पनि सामान्य बनाइएको भएपनि पछिल्लो हप्ताहरुमा महामारीको संक्रमण फेरि बढ्न सक्ने खतरा देखिएको बताइएको छ ।

    यहाँ केही समय यतादेखि हरेक दिन ३० हजार जना भन्दा पनि बढी संक्रमित थपिने गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology