Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गठबन्धन बनाएर एमालेलाई चुनावमा हराउने दाउमा माधव नेपाल

गठबन्धन बनाएर एमालेलाई चुनावमा हराउने दाउमा माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ६, २०७८ बुधवार • १४:०४:५५ बजे
  • 1.4K
    SHARES
  • गठबन्धन बनाएर एमालेलाई चुनावमा हराउने दाउमा माधव नेपाल

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आगामी निर्वाचनमा नेकपा एमालेलाई एक्लो बनाई हराउने दाउमा रहेका छन् ।

    images

    बुधबार सहाना प्रधानको सातौं स्मृतिमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धन बनाएर एमालेलाई हराउने दाउमा रहेको अध्यक्ष नेपालले संकेत गरे ||

    कार्यक्रममा उनले नेकपा (एस) देउवा नेतृत्वको सरकारमा छिट्टै सहभागी हुने र अहिलेको सत्ता साझेदार गठबन्धनलाई चुनावपछि पनि निरन्तरता दिने सोच रहेको बताएका छन् ।

    उनले कार्यक्रममा भने, ‘पाँच दल मिलेर वाम–लोकतान्त्रिक गठबन्धन बनाएका छौं । यो सरकार आगामी चुनावसम्म सहकार्यका साथ अगाडि बढ्ने छ ।

    त्योभन्दा अगाडिसम्म पनि बढाएर लैजाने हाम्रो सोच रहेको छ ।’ यसैगरी प्रदेश नम्बर एक र बागमती प्रदेशमा पनि सरकार विस्तार चाँडै हुने उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology