Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पोखरामा विप्लवको विद्यार्थी संगठनको कार्यक्रम

पोखरामा विप्लवको विद्यार्थी संगठनको कार्यक्रम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ६, २०७८ बुधवार • १६:२२:४२ बजे
  • 982
    SHARES
  • पोखरामा विप्लवको विद्यार्थी संगठनको कार्यक्रम

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ ।

    images

    पोखरा चिप्लेढुंगा मानव अधिकार चोक सडकमै अखिलले सम्मेलन सुरु गरेको हो । सम्मेलनको उद्घाटन महासचिव विप्लवले गरेका हुन् । बाटोमै सम्मेलन गरिएकाले सवारी साधन चल्न सकेका छैनन् ।

    पोखरा सिद्धार्थचोकदेखि चिप्लेढुंगा क्षेत्रको बाटोमा आउजाउ गर्ने सवारी साधनलाई अखिल कार्यकर्ताले प्रवेश दिएका छैनन् ।

    सडकका दुबैतिरबाट अखिल कार्यकर्ता खटिएर सवारी साधन फर्काइरहेकाछन् ।

    पोखरा महानगरको फोहोर उठाउने गाडीसमेत रोकेपछि ट्राफिक प्रहरी खटिएर सहजीकरण गर्नुपरेको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology