Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेकपा एकीकृत समाजवादीले महासचिव टुंगो भोलि लगाउने

नेकपा एकीकृत समाजवादीले महासचिव टुंगो भोलि लगाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ६, २०७८ बुधवार • १७:४१:४९ बजे
  • 1.3K
    SHARES
  • नेकपा एकीकृत समाजवादीले महासचिव टुंगो  भोलि लगाउने

    नेकपा एकीकृत समाजवादीले बिहीबार पार्टीको महासचिव टुंगो लगाउने भएको छ ।

    images

    अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पास गरेसँगै केन्द्रीय कमिटी बैठक अरु एजेण्डामा प्रवेश गरेको छ ।

    प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार भोलिको बैठकले पार्टीको महासचिव टुंगो लगाउने छ भने स्थायी कमिटी र पोलिटब्यूरोलाई पनि अन्तिम रुप दिनेछ ।

    "एकीकृत समाजवादीले ‘समाजवादी’ नामक मुखपत्र प्रकाशित गर्ने"

    बैठकले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने र चुनाव चिह्न पनि छिट्टै टुंगो लगाउने निर्णय गरेको नेता खतिवडाले बताए । नेकपा (एकीकृत समाजवादी)ले मुखपत्र प्रकाशित गर्ने भएको छ ।

    केन्द्रीय कमिटीको बैठकले ‘समाजवाद’ नामक मुखपत्र प्रकाशित गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    कम्युनिस्ट पार्टीहरुमा विगतदेखि नै पार्टीको नीति तथा निर्णयहरुका बारेमा कार्यकर्तालाई जानकारी दिने, त्यसलाई आमरुपमा प्रचारित गर्नका लागि मुखपत्र प्रकाशित गर्ने प्रचलन छ ।

    त्यस्तै, बुलेटिन प्रकाशित गर्ने निर्णय गरेको उनले बताए । बुलेटिन समसामयिक हुने उनले बताए । महिना दिन वा १५ दिनमा प्रकाशित हुने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology