Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

दल विभाजनसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्न अर्को विधेयक ल्याउने तयारी

दल विभाजनसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्न अर्को विधेयक ल्याउने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ६, २०७८ बुधवार • १८:११:४१ बजे
  • 1.5K
    SHARES
  • दल विभाजनसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्न अर्को विधेयक ल्याउने तयारी

    सरकारले दल विभाजनसम्बन्धी ल्याएको अध्यादेश प्रतिस्थापनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ । त्यसको लागि सरकारले राजनीतिक दल विभाज गर्न ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याउने तयारी गरेको छ ।

    images

    आजको नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को स्थायी कमिटि बैठकमा अध्यक्ष प्रचण्डले त्यसको तयारी रहेको जानकारी दिएका थिए । प्रचण्डले शीर्ष नेताहरुसँगको बैठकपछि त्यसको टुङ्गो लाग्ने पनि जानकारी दिएका छन् ।

    २० प्रतिशतले दल विभाजन गर्न पाउने विधेयक कायमै राखेर मन्त्रिपरिषद् विस्तार गर्दा दलहरु नै विभाजन हुने देखिएपछि प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको हो ।

    आजको बैठको विषयमा कुराकानी गर्दै माओवादी केन्द्रको प्रवक्ता कृष्णबहादुर महराले हाल संसदमा रहेको अभ्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याइने बताए ।

    ‘अहिले ५ बजे दलको बैठकमा छलफल हुँदै छ । भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ ।’ महराले भने । माओवादीले भने मन्त्रीको विषय टुङ्गो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ ।

    भने बैठकले डोरप्रसाद पौडेललाई केन्द्रीय कार्यालयको सचिवमा राख्ने निर्णय गरेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology