नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशन फागुनमा हुने भएको छ ।
तनहुको बन्दीपुरमा बसेको केन्द्रीय समितिको बैठकले जनयुद्ध दिवसको अवसर पारेर महाधिवेशन गर्ने निर्णय गरेको छ । कात्तिकसम्म जनवर्गीय संगठनको राष्ट्रिय सम्मेलन गर्नेसमेत बैठकले निर्णय गरेको छ ।
मंसिर ८ गते पार्टी स्थापना दिवसको अवसरमा पार्टी पुर्नगठन गर्ने निर्णय पनि बैठकले गरेको बताइएको छ । प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएर पहिलोपटक केन्द्रीय समितिको बैठक तथा पाँचदिने प्रशिक्षणका क्रममा सो निर्णय भएको सो पार्टीले जनाएको छ ।
असोज १ गतेदेखि सुरु भएको बन्द प्रशिक्षण मंगलबार राति सकिएको थियो । कार्यक्रममा केन्द्रीय समितिका ७६ सदस्य सहभागी थिए ।
"कांग्रेस अधिवेशनः दसैँअघि पालिका र वडाको निर्वाचन सम्पन्न गर्ने"
नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गतका विभिन्न अधिवेशन तालिका फेरि परिवर्तन गर्ने भएको छ । बुधबार सिंहदरबारमा बसेको पदाधिकारी बैठकले विभिन्न अधिववेशन सार्ने सहमती गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले विभिन्न अधिवेशन तालिका परिवर्तन भएको जानकारी दिएका छन् । उनले भने, ‘दसैं अगाडि पालिका तहको अधिवेशनमात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल हुने सहमति भएको छ ।’
यसअघि असोज ९ गते पालिका, १२ गते प्रदेश निर्वाचन क्षेत्र, र १५ गते जिल्ला अधिवेशनसहित अन्य अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो ।
जसमध्ये असोज ९ गतेका लागि निर्धारित पालिकास्तरीय अधिवेशन तोकिएकै समयमा हुने र अन्य अधिवेशन भने थाती रहने भएको छ ।