Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ७, २०७८ बिहिवार • ०९:४६:२४ बजे
  • 1000
    SHARES
  • आज संघीय संसदका दुवै सदनको बैठक बस्दै

    संघीय संसदको दुबै सदनको बैठक आज बस्दैछ । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे एकैसाथ बस्न लागेको हो । संघीय संसद सचिवालयले आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची बुधबार सार्वजनिक गरेको छ ।

    images

    जसअनुसार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल, संशोधनको प्रस्ताव तथा पारित गर्नका लागि प्रस्तुत गर्ने उल्लेख छ ।

    राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ परित गर्ने तयारी रहेको छ ।

    गत मंगलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको विरोधबीच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभा समक्ष टेबुल गरेका थिए ।

    एमालेले नवौं अधिवेसन सुरु भएदेखि दुबै सदनमा अवरोध जारी राखेको छ ।

    सरकारले लोकतन्त्र र पार्टीहरुलाई कमजोर बनाउनका लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको र एमालेले कारबाही गरेका सांसदहरुको सूचना सभामुखले टाँस नगरी पार्टी विभाजनलाई सघाउन भूमिका खेलेको भन्दै विरोध गर्दै आइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology