Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेकपा एकीकृत समाजवादीको महासचिवमा डा. बेदुराम भुसाललाई बनाउने सहमति

नेकपा एकीकृत समाजवादीको महासचिवमा डा. बेदुराम भुसाललाई बनाउने सहमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ७, २०७८ बिहिवार • ११:१७:२२ बजे
  • 1.0K
    SHARES
  • नेकपा एकीकृत समाजवादीको महासचिवमा डा. बेदुराम भुसाललाई बनाउने सहमति

    माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) को महासचिव डा.बेदुराम भुसाल बन्ने निश्चित भएको छ । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको हो ।

    images

    ‘सचिवालय बैठकले महासचिवमा डा. भुसाललाई चयन गर्ने सहमति जुटेको छ, अव बस्ने केन्द्रीय कमिटी बैठकमा सचिवालयको सहमति प्रस्ताव पेस गरेर महासचिव घोषणा गरिन्छ,एक नेताले  भने ।

    महासचिवमा डा. भुसालसँगै नेताहरु मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, विजय पौडेल लगायतले आकांक्षा राखेका थिए ।

    एकीकृत समाजवादीको अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १,उपाध्यक्ष ७, महासचिव १,उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारीसहित ११५ पुर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ ।

    केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने छ ।

    "एकीकृत समाजवादी पार्टी र नेकपा एकीकृतबीच पार्टी एकीकरण गर्ने तयारी "

     माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टी र जीवन राईले नेतृत्व गरेको नेकपा एकीकृतबीच पार्टी एकीकरण गर्ने तयारी गरिएको छ । माधव कुमार नेपाललकोतर्फबाट जीवन राईलाई पार्टी एकताको प्रस्ताव गरिएको छ ।

    एमालेले विवादको समयमा नेपाल समूहमा रहेको राईले आफ्नो नेतृत्वमा नेकपा एकीकृत दर्ता गराएका थिए । अनेरास्ववियुको उपाध्यक्षामा पराजित भएका राई पार्टीको राजनीतिकमा लागेपछि नेपाल निकट मानिन्छ । राईले नेतृत्व गरेको नेकपा एकीकृत पार्टीको चुनाव चिन्न कलम हो । भने नेपाल निकट मानिने खिमलाल देवकोटाले उपनिर्वाचनमा कलम चिन्ह लिएर उठेका थिए ।

    नेकपा एसले चुनाव चिन्ह कलमसहित जीवन राईलाई समेटिन खोजेको छ । नेकपा एसकोजारी केन्द्रीय कमिटी बैठकमा पार्टीको नामसमेत परिवर्तन गर्नुपर्ने विषय उठेको छ । केन्द्रीय कमिटी बैठकमा नेकपा एकीकृत समाजवादी अप्ठेरो हुने र नेकपा एकीकृतमात्र राख्ने र जीवन राईलाई समेटेर जाने विषयमा छलफल भएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology