Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

आजै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : प्रचण्ड

आजै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ७, २०७८ बिहिवार • ११:४१:३१ बजे
  • 667
    SHARES
  • आजै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आजसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।

    images

    बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकमा बोल्दै प्रचण्डले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशका कारण ढिलाइ भएको मन्त्रिपरिषद्लाई पूर्णता दिने काम बिहीबारसम्म भइसक्ने बताएका हुन् ।

    पार्टी अध्यक्षले वर्तामान राजनीतिक परिस्थितिको बारेमा पार्टीमा रिर्पोटिङ गर्दै भोलि (बिहीबार)सम्म मन्त्रिपरिषद्लाई पूर्णता दिइसक्ने बताएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

    "को को बन्दैछन मन्त्री ?"

    सत्ता घटक नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरुको सूचीबारे छलफल सुरु गरेको छ ।

    माओवादी प्रवक्ता कृष्णबहादुर महराले स्थायी समिति बैठकपछि बिहीबार मन्त्रिपरिषद्‌ विस्तार हुने बताउँदै बिहीबार नै माओवादीबाट मन्त्री हुनेहरूको नाम टुंगो लगाउने बताएका थिए ।

    अध्यक्ष दाहालले सरकारमा पठाउने मन्त्रीहरूको नामबारे पार्टीका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । शेरबहादुर देउवा नेतृत्व सरकारमा माओवादीले ६ मन्त्रालय र एक राज्‍यमन्त्री पाउने लगभग टुंगो लागेको छ । 

    कुन कुन मन्त्रालय पाउने भन्‍ने विषयमा निर्णय भैसकेको छैन । नेकपा माओवादीमा अहिले ७ जना सांसदहरू मन्त्रीका लागि दाबेदारका रुपमा देखिएका छन् ।

    नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुदन किराँती, महेश्वर गहतराज, हरि चौधरी र अमनलाल मोदीबारे माओवादी केन्द्रको शीर्ष तहमा छलफल चलिरहेको छ । यी ७ मध्ये ४ जना मात्रै मन्त्री बन्न पाउनेछन ।

    यसअघि नै माओवादीबाट देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्‍फा भुसाल सहभागी भैसकेका छन् । केही समयअघिसम्‍म नेकपा माओवादी केन्द्रमा मन्त्री बन्‍नेहरूको सूची लामो थियो ।

    धेरै सांसदहरुले मन्त्री बनाउन दबाब दिएपछि अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक कार्यक्रममै मन्त्री बन्‍न धेरैले दबाब दिएको बताएका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology