Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कांग्रेसको पदाधिकारी बैठक बस्दै, मन्त्रिपरिषद र महाधिवेशनबारे छलफल हुने

कांग्रेसको पदाधिकारी बैठक बस्दै, मन्त्रिपरिषद र महाधिवेशनबारे छलफल हुने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ७, २०७८ बिहिवार • ११:४२:३० बजे
  • 1.8K
    SHARES
  • कांग्रेसको पदाधिकारी बैठक बस्दै, मन्त्रिपरिषद र महाधिवेशनबारे छलफल हुने

    पोखरा । मन्त्रिपरिषद् विस्तार र पार्टीको १४औँ महाधिवेशनका विषयमा छलफल गर्न नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक आज पनि बस्दै छ ।

    images

     

    बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने छ ।

    बैठकमा मन्त्रिपरिषद् विस्तार र पार्टीको १४औँ महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठकमा आफ्नो समूहले पाउने मन्त्रालयको संख्या माग गर्ने र भागबन्डा टुंगो लगाउन दबाब दिने तयारी गरेको बताइएको छ ।

    कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूले हिजो पनि छलफल गरेका थिए ।

    "कांग्रेस अधिवेशनः दसैँअघि पालिका र वडाको निर्वाचन सम्पन्न गर्ने"

    नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गतका विभिन्न अधिवेशन तालिका फेरि परिवर्तन गर्ने भएको छ ।

    बुधबार सिंहदरबारमा बसेको पदाधिकारी बैठकले विभिन्न अधिववेशन सार्ने सहमती गरेको हो ।

    बैठकपछि सञ्चारकर्मीसँग बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले विभिन्न अधिवेशन तालिका परिवर्तन भएको जानकारी दिएका छन् ।

    उनले भने, ‘दसैं अगाडि पालिका तहको अधिवेशनमात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल हुने सहमति भएको छ ।’

    यसअघि असोज ९ गते पालिका, १२ गते प्रदेश निर्वाचन क्षेत्र, र १५ गते जिल्ला अधिवेशनसहित अन्य अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो ।

    जसमध्ये असोज ९ गतेका लागि निर्धारित पालिकास्तरीय अधिवेशन तोकिएकै समयमा हुने र अन्य अधिवेशन भने थाती रहने भएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology