Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनको बैठक बस्दै

मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनको बैठक बस्दै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ७, २०७८ बिहिवार • ११:४५:१८ बजे
  • 1.2K
    SHARES
  • मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनको बैठक बस्दै

    ’पोखरा । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा आज सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा बुधबार बेलुका छलफल गरेका गठबन्धनका शीर्ष नेताहरूले त्यसलाई आज पनि निरन्तरता दिने भएका हुन्।

    images

     

    बैठक अपराह्नतिर बस्ने नेताहरूले बताएका छन्। सरकार गठनको ७० दिन नाघिसक्दा समेत शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन ।

    सरकार विस्तारलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला गठबन्धनमा रहेका दलहरु बैठकमा जुटेका छन् ।

    हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पनि कुनै निस्कर्ष निकाल्न सकेन ।

    हिजोको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय अध्यक्ष डाक्टर बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology