नेपालमा हिजोको तुलनामा आज सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९० हजार १०० रुपैयाँ पुगेको छापावाल सुनको मूल्य आज ८९ हजार ६०० रुपैयाँमा झरेको हो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले नै घटेको छ । आज यो गुणस्तरको सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ ।
हिजो प्रतितोला मूल्य ११६५ रुपैयाँ थियो । आज ११५५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
"विदेशी मुद्राको विनिमय दर"
नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री दर ११८.५० र खरिद दर ११७.९० रुपैयाँ तोकेको छ ।
यस्तै, एक यूरोको बिक्री मूल्य १३९.०२ र खरिद दर १३८.३१ तथा पाउण्डको बिक्री १६१.७० र खरिद दर १६०.८८ रुपैयाँ कायम भएको छ ।
यसका साथै, स्वीस फ्र्यांकको बिक्री मूल्य १२८.४९ र खरिद दर १२७.८४ रुपैयाँ तथा अष्ट्रेलियन डलरको बिक्री दर ८५.९२ र खरिद दर ८५.४९ रुपैयाँ तोकिएको छ ।
एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री दर ८७.६७ र खरिद दर ८७.२३ रुपैयाँ छ । यसका साथै, १० जापानी येनको बिक्री दर १०.८२ र खरिद दर १०.७६ तथा चिनियाँ युयानको बिक्री १८.३२ र खरिद दर १८.२३ कायम छ ।
साउदी अरबियन रियालको बिक्री ३१.६० र खरिद ३१.४४ रुपैयाँ कायम हुँदा कतारी रियालको बिक्री ३२.५५ र खरिद ३२.३८ रुपैयाँ तोकिएको छ ।
यता संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री दर ३२.२६ र खरिद दर २१.१० तथा मलेसियन रिंगटको बिक्री दर २८.२६ र खरिद दर २८.१२ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।