Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेको नाराबाजीका बीच आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

एमालेको नाराबाजीका बीच आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ७, २०७८ बिहिवार • १६:२१:२४ बजे
  • 679
    SHARES
  • एमालेको नाराबाजीका बीच आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

    पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएको छ ।

    images

     

    अब सरकारलाई बजेट खर्च गर्न र ऋण उठाउन बाटो खुलेको छ ।

    बिहीबार बैठक सुरु हुनेवित्तिकै सदाझैं एमाले सांसदहरु संसदको वेल घेरेर नाराबाजी गरेका थिए । तर सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारबाही अघि बढाए ।

    उनले अर्थमन्त्री जनार्दन शर्मालाई अर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पेश गर्न अनुमति दिए र निर्णयार्थ पनि पेश गरे । उनले विधेयक बहुमतले पारित भएको घोषणा गरे ।

    विधेयक पारित भएपछि प्रतिनिधिसभाको बैठक असोज ११ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # विधेयक पारित
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology