पोखरा । नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय समिती बैठकले ले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ ।
केन्द्रीय कमिटी तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टीको आज सम्पन्न पहिलो केन्द्रीय समिति बैठकले विभिन्न ५ शिर्षकमा गरेको निर्णयहरु सार्वजनिक गरेका हुन् ।
जसमा ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटब्युरो कमिटी पनि गठन गरिएको छ ।
यस्तै, पार्टीमा सातजना उपाध्यक्ष चयन गरिएको छ । नेता बेदुराम भुसाल महासचिव बनेका छन् ।
तीन उपमहासचिव र चार सचिव पनि चयन गरिएको छ ।

