Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बादल र टोपबहादुर भन्नेलाई सम्झिँदा पनि एलर्जी हुन्छ :प्रचण्ड

बादल र टोपबहादुर भन्नेलाई सम्झिँदा पनि एलर्जी हुन्छ :प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ७, २०७८ बिहिवार • १७:१४:१८ बजे
  • 1.5K
    SHARES
  • बादल र टोपबहादुर भन्नेलाई सम्झिँदा पनि एलर्जी हुन्छ :प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउने निर्वाचनमा आफ्नो पार्टी एक नम्बरको पार्टी हुने दावी गरेका छन् ।

    images

    वाइसीएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले सबै पार्टी कमिटी वैधानिक ढंगले निर्माण गर्ने काम भइरहेको भन्दै त्यसैअनुसार अघि बढ्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।

    ‘हेर्नुहोला हामी एक नम्बर भएर देखाउँछौ, देखाउनैपर्छ । सबै जाग्ने हो भने त्यो टाढा छैन’, प्रचण्डको भनाइ छ । उनले कहिलेकाहीँ कसैले मानिसहरु निरास छन् भन्ने गरेको सुनेको भन्दै आफुले जनता निरास नभएको भनेर भन्ने गरेको बताए ।

    ‘मैले के भन्ने गरेको छु भने जनता त निरास छैनन् । जनता अलिअलि वाक्कदिक्क भाका छन् किनभने माओवादीका नेता कहाँ गए ? सधै घरमा आउँथे, दुःख सुखका कुरा गर्थे, खेतीपाती पनि सघाउँथे भनेर निरास छन् ।

    आइदिए हुन्थ्यो भन्ने छ’, प्रचण्डको भनाइ छ । उनले टाठा बाठा र चुनाव जितेकाहरू बिग्रेको बताए । ‘बिग्रेका भनेका टाठा बाठा र चुनाव जितेका धेरै छन् ।

    मैले जसलाई धेरै ठुलो मन्त्री बनाएँ, त्यहीँ सबैभन्दा ठुलो भगौडा । त्यही धोखेवाज । मन्त्री बनाएपछि ठिक हुन्छ जस्तो ठानियो तर केको हुन्थ्यो ?’, प्रचण्डले प्रश्न गरे ।

    उनले टोपबहादुर रायमाझी र रामबहादुर थापा बादको नाम लिँदै भने, ‘त्यो टोपबहादुर भन्नेलाई मैले कति चोटी मन्त्री बनाएँ अहिले त कहाँ हेर्नुस् त । त्यो बादल मेरो हिजोको साथी, बढि त भन्दिन अहिले सम्झिँदा एलर्जी हुन्छ, |

    "गठबन्धन जोगाउनु मुख्य कुरा हो" अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी भन्दा गठबन्धन मुख्य रहेको बताएका छन् ।

    उनले एमसीसीका नाममा गठबन्धन तोड्ने प्रयास जारी रहेको भन्दै आफ्ना लागि अहिले एमसीसीभन्दा गठबन्धन जोगाउनु महत्वपूर्ण रहेको बताएका हुन् ।

    बिहीबार काभ्रेमा आयोजित वाइसीएलको नगर सम्मेलनलाई सम्बोधन गर्दै गठबन्धनमार्फत जस्तोसुकै मूल्य चुकाउन तयार तर गठबन्धन भत्काउन नदिने संकल्प समेत गरेको दावी गरे ।

    ‘गठबन्धन तोड्न अनेक षड्यन्त्र भैरहेका छन् । जस्तो मूल्य चुकाउन पनि पछि नपर्ने, अर्को चुनावसम्म गठबन्धन बनाएर लड्ने संकल्प गरेका छौ’, प्रचण्डको भनाइ छ ।  ‘एमसीसी ल्याएर दिमाग खराब गर्ने, गठबन्धन टुटाउने प्रयास भइरहेको छ । यो परिमार्जन गरेर जान सकिन्छ ।

    तर अहिले एमसीसी मुख्य होइन, गठबन्धन मुख्य हो ।’ 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology