Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीको स्थानीयतहमा माओवादी केन्द्रको संगठन निर्माण तिब्र, एमाले त्यागेर माओवादी केन्द्र प्रवेश गर्ने बढे

म्याग्दीको स्थानीयतहमा माओवादी केन्द्रको संगठन निर्माण तिब्र, एमाले त्यागेर माओवादी केन्द्र प्रवेश गर्ने बढे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ७, २०७८ बिहिवार • १९:०७:५० बजे
  • 2.5K
    SHARES
  • म्याग्दीको स्थानीयतहमा माओवादी केन्द्रको संगठन निर्माण तिब्र, एमाले त्यागेर माओवादी केन्द्र प्रवेश गर्ने बढे

    म्याग्दीको स्थानीय तहमा माओवादी केन्द्रको संगठन निर्माणमा तीव्रता दिएको छ । केन्द्रको निर्देशन अनुसार अहिले म्याग्दीमा नेता कार्यकर्ता संगठन निमार्णमा लागेका छन ।

    images

    नेकपा माओबादी केन्द्र मालिका ग.पा वडा नं ७ बिममा  बुद्धि बहादुर जुग्जाली अध्यक्ष र होमन जुग्जाली सचिब रहेको ६१ सदस्य वडा कमिती साथै  म्यादीस गर्बुजा अध्यक्ष बिष्णु सुबेदी उपाध्यक्ष टिककुमार पाईजा सचिब शरन कुमार जुग्जाली कोषाध्यक्ष रहेको ४१ सदस्य  वाइसीएल वडा कमिटी गठन गरेको छ ।

    M2.jpg

    तिर्थ नेपाली अध्यक्ष राम बहादुर दर्जी उपाध्यक्ष बल बहादुर नेपाली सचिब कोषाध्यक्ष सुकमाया बि.क रहेको २१ सदस्य दलित मुक्तिमोर्चा गठन गरेको रेशम जुग्जालीले जानकारी दिनुभयो ।

    कार्यक्रममा बिजय गर्बुजा,सुक माया बि.क लगायत नेकपा एमाले बाट माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

    M4.jpg

    "मंगला गाउँपालिकामा वाइसीएल गठन"

    अध्यक्षमा विनय पाण्डे म्याग्दीको मंगला गाउँपालिकामा विहिबार विनय पाण्डेको अध्यक्षतामा नेकपा माओवादी (केन्द्र)को भातृ संगठन वाइसीएलको ३३ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ ।

    गाउँपालिकाको केन्द्र बाबियाँचौर भेलाबाट गाउँकमिटीसंगै वडा कमिटी पनि गठन गरिएको छ। मंगला गाउँपालिकाको वडानम्वर १ मा मनप्रसाद विकको अध्यक्षतामा ११ सदस्यीय, वडानम्वर २ मा प्रकाश पाण्डेको अध्यक्षतामा ९ सदस्यीय, वडानम्वर ३ मा बविन किसानको अध्यक्षतामा १५ सदस्यीय, वडानम्वर ४ मा कुमार केसीको अध्यक्षतामा १३ सदस्यीय र वडानम्बर ५ मा धनप्रसाद रोकाको अध्यक्षतामा ९ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

    बाईसिएलको भेलालाई संम्बोधन गर्दै नेकपा माओवादी केन्द्र म्याग्दीका इञ्चार्ज गोबिन्द पौडेलले माओवादीले जनयुद्धबाट प्राप्त गरेको गणतन्त्र, समावेशी, संघिय ब्यवस्था सहितको संबिधानको रक्षाका लागि देशमा फेरी एक पटक माओवादीको नेतृत्व आवश्यक रहेको बताए ।

    राजनीतिक परिवर्तनलाई संस्थागत र जनताको आधारभूत आवश्यकता पुरा गर्दै बिभेदरहित समाज निर्माण, बिकास र आर्थिक समृद्धिको लागि माओवादीको एजेण्डालाई साथ लिएर युवाहरु अघि बढ्न आग्रह गरेका थिए ।

    त्यस्तै नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य टेकबहादुर विकले वाईसिएलमा आवद्ध युवाहरुले समाज रुपान्तरणमा एकताबद्ध भएर लाग्न आग्रह गरेका थिए।

    युवाहरुको नेतृत्व विना गाउँको विकास असम्भव हुने बताउदै समाजलाई आत्मनिर्भर बनाउने काम युवाहरुको मेहनतले सम्भव हुने बताए ।

    कार्यक्रममा वाईसिएल नेपालका केन्द्रिय सदस्य नगेन्द्र केसीले शुभकामना मन्तव्य राखेका थिए । वाइसिएल नेपाल मंगला गाउँपालिका पुर्व संयोजक बालकृष्ण पुर्जाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पुर्व सहसंयोजक दरविर पुनको संचालनमा भेला सम्पनन भएको थियो । 

    अहिले माओवादी केन्द्र नै जनताको पार्टी भनेर जनताले बुझेको छन ।आगामी चुनावीमा हामी म्याग्दीमा पनि पहिलो पार्टी बन्छौ । जनताको साथ माओवादी केन्द्रलाई सधै रहेको थियो यो पटक जनताले "को" गणतन्त्रवादी हो ,"को" होइन भन्ने कुरा बुझेका छन । हिजो जनयुद्ध गर्दा पनि जनताले साथ दिएका थिए अहिले पनि जनता हामी संगै छन ।

    हामी जनता संगै छौ ।नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य टेकबहादुर विकले बताए । केही साथीहरू अलमलमा परे पनि जनताले असली गणतन्त्रवादी को हो भनेर चिनेका छन । दलित जनजातिको मुद्दाहरुमा माओवादी केन्द्र सधै गम्भीर रहेको पनि बताए । ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology