Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिका बस्दै आएका लोकगायक प्रेमराजा दम्पतिलाई कोरोना संक्रमण

अमेरिका बस्दै आएका लोकगायक प्रेमराजा दम्पतिलाई कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०७७ शनिवार • ०८:५८:१७ बजे
  • 1.5K
    SHARES
  • अमेरिका बस्दै आएका लोकगायक प्रेमराजा दम्पतिलाई कोरोना संक्रमण
    अमेरिका बस्दै आएका वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् । लोकगायक महतले शुक्रबार दिउँसो करिब सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएका हुन ।

    उनले ध्यान राख्दा राख्दै दुर्भाग्यबस श्रीमान श्रीमती दुवैजना कोरोना संक्रमित हुनबाट जोगिन नसकेको बताएका छन । उनले हाल आफ्नै घरको एउटा कोठामा छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा आइसोलेसनमा बसेको बताएका छन् ।

    कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदि संक्रमण भइहाले गोप्य नराखी सबैलाई जानकारी दिन महतले आह्वान गरेका छन् । यसो गर्दा देश, समुदाय, स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठनप्रति नै सहयोग पुग्ने महतको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology