बिभाजन,एकता र पुन: बिभाजनले थिलो थिलो बनेको माओबादी केन्द्र म्याग्दी पछिल्लो नेकपा फुट सॅगै फेरी पुरानो लयमा फर्किने तयारीमा देखिएको छ।

तत्कालिन समयमा माओबादी बाट मोहन बैध्य नेतृत्वको नेकपा माओबादी बिभाजन हॅुदा जिल्लाको अधिकॅाश जनयुद्दमा सहभागी नेता कार्यकर्ताहरु मोहन बैध्य तर्फ लागे पछी जिल्लामा पार्टीको अस्तित्वलाई नै जोगाउन हम्मे हम्मे परेको समयमा तत्कालिन जिल्ला ईन्चार्ज गोबिन्द पौडेल लगाएतको टिमले जिल्ला धानेको थियो तर पार्टी बिभाजनमा बैध र बिप्लब तिर लागेका अधिकॅाश नेता कार्यकर्ताहरु माओबादी केन्द्रमा फर्किए पछी पार्टी २०६४ साललो लयमा फर्किने बाटोमा रहेको एक जिल्ला नेताले बताएका छन।

पछिल्लो नेकपा बिभाजन पछी जिल्लाका पुराना केही नेताहरु पुष्कर बिक,भुवन बुढा कुमार किसान लगाएतका नेताहरु एमालेमा गए पनी पछिल्लो समयमा बिभिन्न कारणले सक्रिय राजनितीमा नबसेका पुराना नेता कार्यकर्ताहरु सक्रिय भएर माओबादी केन्द्रमा सहभागी भए पछी माओबादी केन्द्र म्याग्दी अहिले उत्साहमा देखिएको छ।जिल्लाका पुराना नेताहरु सुबाश श्रेष्ठ,चन्द्र बहादुर घिमीरे देखी नया युवा नेताहरु समेत यही पार्टीमा रहेपछी जिल्लामा आगमी निर्बाचन सम्ममा पार्टीलाइ अझै शसक्त बनाएर अगाडी ल्याउने ध्याउन्नमा देखिएको छ माओबादी केन्द्र।
जनयुद्दको उर्बर भुमी भएर पनी माओबादी भित्रको आन्तरिक होस या राष्ट्रिय राजनितिमा सॅधैभरी हेपिएको जिल्ला हो म्याग्दी पछिल्लो शान्ति प्रक्रियाको झण्डै २ दशकमा म्याग्दिले न आन्तरिक पार्टी जिवनमा होस या राष्ट्रिय राजनितीमा कहिले पनी नेतृत्वदायी सहभागिता पाउन सकेन पार्टी फुल केन्द्रिय समिती देखी पोलिटब्युरो स्थायी समिती सदस्य सम्म कहिले म्याग्दिको प्रतिनिधित्व भएन जसको परिणाम ग्राउण्ड बलियो हॅुदा हॅुदै पनि पार्टीले गति लिन सकेन।

तर पछिल्लो पार्टी बिभाजन पछी माओबादी केन्द्रले म्याग्दीको सांगठनिक संरचनामा केही फेरबदल गरेर जिल्लाका पुराना नेता गोबिन्द पौडेललाई ईन्चार्ज र युवा नेता रेशम जुग्जाली(सुबिन) लाई अध्यक्षको जिम्मा दिए संगै म्याग्दीको राजनितीमा नयॅा तरंग पैदा भएको छ पुरानो पुस्ताको अनुभब र मार्गदर्शन नया पुस्ताको आक्रमक नेतृत्वको फ्युजनले पार्टी संगठनले गति लिने माओबादी बृत्तमा चर्चा चुलिएको छ।

को हुन जिल्ला अध्यक्ष रेशम जुग्जाली (सुबिन)? बिगत देखी बर्तमान सम्म (छोटकरीमा)
म्याग्दी जिल्लाको बिममा सामन्य परिवारमा जन्मिएका रेशम जुग्जाली(सुबिन) सानै देखी बिद्रोही स्वभाबको थिए बाबा आमा,सहित ७ जनाको परिवारको माईलो सन्तानका रुपमा जन्मिएका सुबिनको जेठो दाई जित बहादुर जुग्जाली १० बर्षै जनयुद्दमा सहभागी भई युद्दकै क्रममा २०५८ सालमा सोलखोम्बुको सल्लेरीमा शहिद हुनु भएको थियो।

स्कुल पढ्दा देखी नै २०५६ सालमा अनेरास्वबियु मा संगठित हॅुदै २०५७ सालमै जिल्ला कमिटी सदस्य २०५८ साल मा अनेरास्ववियु क्रान्तिकारी को १० औं सम्मेलन बाट जिल्ला सचिब २०५८ मंसिर मा पार्टीमा पुर्णकालिन भई ५८ साल मा नै नेकपा माओबादी को पार्टी सदस्य प्राप्त ५८ साल माघमा एरिया कमिटी सदस्य २०५९ सालमा माओबादी जिल्ला कमिटी सदस्य ईलाका ईन्चार्ज २०६१ साल मा जनमुत्ती सेना मा कम्पनी कमिसारको रुपमा कार्यरत २०६२ मा जनमुक्ति सेना बटालियन भ्वाईस कमाण्डर ६२/६३ को जनआन्दोलन पछी पार्टी शान्ती प्रकृयामा आए पछी २०६३ सालमा ycl को प्रथम जिल्ला सम्मेलन बाट जिल्ला सचिब नेकपा माओबादी को जिल्ला सचिबालय सदस्य २०६७ सालमा पार्टीको मगराँत राज्य कमिटी सदस्य हॅुदै माओबादी बिभाजन पछी नेकपा माओबादी (बैध)पार्टी को जिल्ला सचिब भएका जुग्जाली बैध पार्टी फुटे पछी भने झण्डै ३ बर्ष स्वतन्त्र भएर बसे पनि २०७४ सालको स्थानिय निर्बाचनमा वडा अध्यक्षको उम्मेदवार बनेर बिजयी बनेका उनि त्यस लगत्तै सम्पन्न प्रदेश र संघिय चुनाबमा भने तत्कालिन बाम गठबन्धन लाई सहयोग गर्दै नेकपा माओबादीको तर्फ बाट जिल्ला कार्यदल सदस्य हॅुदै तत्कालिन नेकपा पनि बिभाजन भए पछी नेकपा माओबादी केन्द्र म्याग्दीको अध्यक्षको जिम्मेवारी प्राप्त गरेका हुन।
६२/६३ को १९ दिने आन्दोलन र त्यसको जगमा सम्पन्न १२ बुंदे शान्ति सम्झौता पछी नेकपा माओबादी शान्ति प्रक्रियामा आए पछी जनमुक्ति सेनाको भुमिका बाट वाईसियलको भुमिकामा आए पछी वाईसियलको सचिब हॅुदै जिल्लामा तत्कालिन रुपमा बिभिन्न अनियमितता,भष्ट्राचार र ठगीहरुको बिरुद्द सफल संघर्षको नेतृत्व समेत गरेका उनि पछिल्लो परिवर्तन पछी म्याग्दी जिल्लामा बिभिन्न किसिमले लुट मच्याउने जिल्लाको सिडियो र उनका सहयोगीहरुलाई पहिलो पटक कालोमोसो लगाएर गरिएको जनकारबाही गर्ने युवाको नेतृत्व मध्य उनि पनि एक थिए |
राजनिती समाज संग जोडिएन भने त्यसको अर्थ हॅुदैन भन्ने मान्यता राख्ने जुग्जाली हर समय गॅाउ समाज र जनताका लागी साथमा रहिरहन्थे गॅाउको बिकास निर्माणमा सॅधै चिन्ता गर्ने उनि बहुचर्चित बेनी दरबांग, दरबांग-खारा-बिम सडकको अध्यक्ष समेत बनेर समयमै काम सम्पन्न गरेर पुरुष्कृत समेत भएका थिए।

बिचमा बिबिध कारणले सक्रिय राजनितीबाट सुस्ताए पनि पछिल्लो स्थानिय निकाएको निर्बाचनमा उनि स्वतन्त्र उम्मेदवारका रुपमा भाग लिई वडा अध्यक्षमा अत्याधिक मतले बिजयी भए पछी उनको चर्चा म्याग्दीमा मात्र होईन देश भरी भएको थियो।
म्याग्दी बिशेष गरेर जनजाती (मगर)समुदायको बाहुल्य भएको जिल्ला हो जनयुद्दको समयमा म्याग्दीमा थुप्रै जनजाति समुदायका मान्छेहरुले ज्यान गुमाए दलित,जनजातीहरुको बस्ती समुदायमा चेतना फैलाए पनि यस समुदायबाट नेतृत्वमा नपुग्दा कथनी र करणी नमिलेको भान हुन्थ्यो |
तर अहिले मगर समुदायकै लोकप्रिय युवा माओबादी केन्द्रको नेतृत्वमा आए पछी जिल्लाको समग्र राजनितीलाई नै फरक ढॅगले बिश्लेषण गर्न थालिएको छ अघिल्लो निर्बाचनमा आफ्नै वडामा नै स्वतन्त्र उम्मेदवार बनेर वडा अध्यक्षमा आफुलाइ प्रमाणित गरेका रेशमले अब पार्टीलाई प्रमाणित गर्न सक्छन कि सक्दैनन त्यो चॅाही चुनौती खडा भएको छ।
नेकपा बिभाजन पछी निराशा र निर्भयको फसेको माओबादी समुह म्याग्दीमा भने अझै बढी उत्साहका साथ आफ्नो अभियानलाई तिब्र बनाएको छ पछिल्लो अभियानबाट जिल्लाका सबै गॅाउपालिका र वडाहरुमा छुटपुट बाहेक ईकाई गठन गरेको छ|
भने पुराना नेता कार्यकर्तालाई सक्रिय बनाएको छ पछिल्लो जानकारी अनुसार मंगला गॅाउपालीकामा प्राय सबै टोल सम्म कमिटी बनाईएको छ मंगला गॅाउपालिका,बेनी नगरपालीका, देखी अन्य गॅाउपालीकामा धमाधम अभियान चलेको माओबादी स्रोतले जनाएको छ।