नेपालमा दुई दिनभित्रै प्रतितोला सुनको भाउ ११ सय रुपैयाँले घटेको छ । अस्ति (बुधबार) प्रतितोला छापावाल सुनको भाउ ९० हजार १०० रुपैयाँ थियो ।
हिजो (बिहीबार) ५०० रुपैयाँले घटेर ८९ हजार ६०० रुपैयाँमा झरेको थियो । आज फेरि ६०० रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
तेजाबी सुनको भाउ पनि आज ६०० रुपैयाँले नै घटेर ८८ हजार ५५० रुपैयाँ कायम भएको छ । हिजो यो गुणस्तरको सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने प्रतितोलामा पाँच रुपैयाँले घटेको छ । हिजो प्रतितोला मूल्य ११५५ रुपैयाँ थियो । आज ११६० रुपैयाँमा किनबेच भइरहेको छ । आ
"नेपालमा अमेरिकी डलरको विनिमयदर"
बिहीबार नेपालमा एक अमेरिकी डलरको ११७ रुपैयाँ ९० पैसा र बिक्रीदर ११८ रुपैयाँ ५० पैसा थियो । आज यो सो मुद्राको खरिददर ११७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११८ रुपैयाँ १४ पैसा कायम भएको छ ।
विदेशी मुद्रा साट्दा कति रुपैयाँ पाइन्छ ? नेपाल राष्ट्र बैंकले आज चिनियाँ मुद्रा युुआनको विनिमयदर पनि घटेको जानकारी दिएको छ । बिहीबार नेपाली मुद्रासँग प्रतियुआन खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३२ पैसा तोकिएको थियो ।
आजसो मुद्राको खरिददर १८ रुपैयाँ २० पैसा र १८ रुपैयाँ ३० पैसा तोकिएको छ । यूरोपेली मुद्रा यूरोको खरिददर १३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४५ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङको खरिददर १६० रुपैयाँ ७४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५६ पैसा तोकिएको छ ।
केन्द्रीय बैंकका अनुसार आज नेपालमा क्यानडेली डलर एकको खरिददर ९२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९३ रुपैयाँ २४ पैसा, सिंगापुर डलर एकको खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६२ पैसा तथा साउदी अरेबियन रियालको खरिददर ३१ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।
यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा, यूएई दिरामको खरिददर ३२ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ १६ पैसा तथा मलेसियन रिंगिटको खरिददर २८ रुपैयाँ ११ पैसा र बिक्रीदर २८ रुपैयाँ २५ पैसा तोकिएको छ ।
दक्षिण कोरियन वनको १०० को खरिददर १० रुपैयाँ दुई पैसा र बिक्रीदर १० रुपैयाँ सात पैसा तथा हङकङ डलर एकको खरिददर १५ रुपैयाँ १० पैसा र बिक्रीदर १५ रुपैयाँ १८ पैसा कायम गरिएको छ । नेपालमा आज कुबेती दिनार साट्नेले सबैभन्दा धेरै रुपैयाँ पाउनेछन् ।
सो मुद्राको खरिददर ३९० रुपैयाँ ५० पैसा र बिक्रीदर ३९२ रुपैयाँ ४९ पैसा तोकिएको छ । यस्तै, विनियमदरका हिसाबले दोस्रो स्थानमा रहेको बहराइन दिनारको खरिददर ३११ रुपैयाँ ७७ पैसा र ३१३ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ ।