Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतको केरलामा एअर इण्डियाको विमान दुर्घटना, २ पाइलटसहित १७ जनाको मृत्यु

भारतको केरलामा एअर इण्डियाको विमान दुर्घटना, २ पाइलटसहित १७ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०७७ शनिवार • ०९:०२:२८ बजे
  • 2.1K
    SHARES
  • भारतको केरलामा एअर इण्डियाको विमान दुर्घटना, २ पाइलटसहित १७ जनाको मृत्यु
    एजेन्सी । एअर इन्डियाको यात्रुवाहक विमान दक्षिण भारतीय राज्य केरलास्थित एक विमानस्थलमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

    संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको एअर इन्डियाको विमान अवतरणका क्रममा दुर्घटना भएको हो । १ सय ९० जना यात्रु बोकेको एयर इन्डियाको विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २ पाइलटसहित १७ जनाको ज्यान गएको हो । सो विमान अवतरण गर्ने क्रममा चिप्लिएको बीबीसीले जनाएको छ ।

    बिमानमा १० जना बालबालिका समेत सवार रहेका थिए । यो दुर्घटनामा १६० जना घाइते भएका छन भने उनीहरुको बिभिन्न अस्पतालमा उपचार गरिएको बिबिसीको समाचारमा उल्लेख छ । घाइतेमध्ये करिव २५ जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

    बिमानमा सवार २८ यात्रु भिजा सकिएर फर्केका र २६ यात्रु छुट्टीमा फर्केका उल्लेख गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology