Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रियसभाको बैठक सोमबारसम्मका लागि स्थगित

राष्ट्रियसभाको बैठक सोमबारसम्मका लागि स्थगित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ८, २०७८ शुक्रवार • १२:१२:३७ बजे
  • 880
    SHARES
  • राष्ट्रियसभाको बैठक सोमबारसम्मका लागि स्थगित

    पोखरा । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि बिचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ ।

    images

     

    आजको पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले यी दुई विधेयक टेबुल गरेका थिए ।

    छलफलमा कसैले पनि भाग लिन नचाहेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक निर्णयार्थ पेश गरेका थिए ।

    अर्थमन्त्री जनार्दन शर्माले बिचार गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि अध्यक्ष तिमिल्सिनाले छलफलका लागि आह्वान गरे पनि कसैले भाग नलिए पछि विधेयक अघि वढाइएको हो ।

    अब आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि सुझाब पेश गर्न चाहने सांसदले विधेयक शाखा राष्ट्रियसभामा सुझावसहितको सुचना दिन सक्नेछन् ।

    अब यी दुई विधेयकमाथि दफाबार छलफल हुनेछ । बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरु उठेर विरोध जारी राखेका थिए ।

    एमालेले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले फुटाउन भूमिका खेलेको र आफ्ना १४ सांसदलाई कारबाही नगरेको भन्दै संघीय संसद्का दुवै सदनमा निरन्तर विरोध गरिरहेकाे छ ।

    बैठक आउँदो सोमबारसम्मका लागि स्थगित भएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology