Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेको केन्द्रीय कमिटी बैठक सुरु,तीन दस्ताबेजमाथि छलफल हुने

एमालेको केन्द्रीय कमिटी बैठक सुरु,तीन दस्ताबेजमाथि छलफल हुने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ८, २०७८ शुक्रवार • १२:५८:१९ बजे
  • 691
    SHARES
  • एमालेको केन्द्रीय कमिटी बैठक सुरु,तीन दस्ताबेजमाथि छलफल हुने

    पोखरा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सुरु भएको छ ।

    images

     

    बैठकमा आसन्न विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्तावमाथि छलफल हुनेछ ।

    यद्यपि कतिपय नेताहरुले बैठक अघि मात्र दस्तावेजहरु पाएका छन् । साथै स्थायी कमिटीमा भएको छलफलका आधारमा प्रस्तावहरुमा संशोधन नभएकाले आजको बैठकमा त्यसबारे जानकारी गराइने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिएका छन् ।

    एमाले एमसीसीको पक्षमा छ : केन्द्रीय सदस्य प्याकुरेल

    नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य सुमन प्याकुरेलले माधव नेपालले शेरबहादुर देउवालाई सोधेर पार्टी खोलेको आरोप लगाएका छन् ।

    सहीद कृष्णबहादुर स्याङतानको स्मृति दिवसमा सहभागी हुन महोत्तरी पुगेका नेता प्याकुरेलले देउवालाई प्रधानमन्त्री बनाउन भूमिका खेलेका नेपाल कुनै हालतमा कम्युनिस्ट हुन नसक्ने जिकिर गरे ।

    माधव नेपालको पार्टी विभाजनले आफूहरूलाई तीन प्रतिशत पनि असर नपरेको उनले बताए । उनले एमालेबाट प्रदेशसभा छोड्नेहरू पनि समानुपातिक सांसद रहेको उनले बताए ।

    उनले कांग्रेसभन्दा आफूहरू बलियो रहेको बताएका छन् । एमसीसीको विषयमा अनावश्यक हल्ला नगर्न उनको आग्रह छ । उनले एमाले एमसीसीकै पक्षमा रहेको बताए ।

    एमसीसी जनताको हितमा छ । यसको विरुद्धमा नबुझेर अनावश्यक हल्ला गर्नु आवश्यक छैन, उनले भने ।

    प्रतिनिधिसभा बारे बोल्दै उनले सभामुखले आत्मआलोचना नगरेसम्म एमालेले बैठक बहिष्कार नै गरिरहने बताए ।

    नेकपा एमालेले बैठकलाई बहिष्कार गर्दागर्दै पनि संसदबाट बजेट, नीति तथा कार्यक्रम पास गराउनु "दुःख"द भएको नेता पोखरेलको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology