Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सशस्त्र प्रहरी बलका ११ जना डिआइजी काज सरुवा, को कहाँ ?

सशस्त्र प्रहरी बलका ११ जना डिआइजी काज सरुवा, को कहाँ ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ८, २०७८ शुक्रवार • १४:३०:२० बजे
  • 1.3K
    SHARES
  • सशस्त्र प्रहरी बलका ११ जना डिआइजी काज सरुवा, को कहाँ ?

    पोखरा । सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) काज सरुवा भएको छ।

    images

     

    गृह मन्त्रालयले बिहीबार डिआइजी काज सरुवा निकालेको हो। सरुवा अनुसार मन्दीप श्रेष्ठ सशस्त्र प्रहरी बलको प्रमुख कार्यालय सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् । उनी ३ नम्बर बाहिनजी मुख्यालय मकवानपुरमा कार्यारत थिए ।

    यस्तै राजु अर्याल सशस्त्र प्रहरी बलको प्रमुख कार्यालय मानव संसाधन श्रोत विभागमा सरुवा भएका छन् । अर्याल ९ नम्बर पशुपतिनाथ मुख्‍यालयमा, काठमाडौंमा कार्यरत थिए ।

    यस्तै नारायणदत्त पौडेलको सशस्त्र प्रहरी बलको प्रमुख कार्यालय मानव श्रोत विभाग, चन्द्र प्रकाश गौतमको सीमा सुरक्षा विभाग, वंशीराज दाहालको ९ पशुपतिनाथ बाहिनी, मुख्‍यालय काठमाडौंमा सरुवा भएको छ ।

    ई. किशोर प्रधानको नेपाल न‌ं. ३ गढीमाइ बाहिनी मुख्‍यालय मकवानपुर, कमल गिरीको नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी, गणेशबहादुर ठाडा मगरको नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्‍यालय महोत्तरी सरुवा भएको छ ।

    यस्तै कुल बहादुर नेम्वाङको नेपाल नम्बर ५ बिन्ध्यबासिनी मुख्‍यालय रुपन्देही, दुर्गाप्रसाद भट्टराईको नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्‍यालय कैलाली र शम्भु सुवेदीको नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्‍यालय कास्कीमा सरुवा भएको गृहमन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सशस्त्र प्रहरी बल
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology