Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हलिउड / बलिउड

बलिउडमा सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीहरु यी हुन्

बलिउडमा सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीहरु यी हुन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०७७ शनिवार • १०:५२:३८ बजे
  • 1.3K
    SHARES
  • बलिउडमा सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीहरु यी हुन्
    एजेन्सी –  बलिउडमा सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीहरुमा दीपिका पादुकोण र अनुष्का शर्मा जस्ता अभिनेत्रीहरुको नाम सबैभन्दा अगाडि आउँछ । पछिल्लो समय कुनै पनि फिल्ममा नदेखिएकी अनुष्का शर्माले उत्तिकै कमाई गरिरहेकी छिन् । उनले ‘पाताल लोक’ र ‘बुलबुल’ को प्रोड्युसरको रुपमा काम गरेकी अभिनेत्री शर्माले निकै राम्रो काम गरिरहेकी छिन् ।
     
    आलिया भट्ट 
    आलिया भट्ट पछिल्लो समय सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीको पहिलो नम्बरमा आउँछिन् । उनी सन् २०१९ को फोब्र्सको सूचिमा समेत सामेल भएकी थिइन् । उनको पछिल्लो कमाई ५९.२१ करोड रहेको छ ।
     
    प्रियंका चोपडा
    ग्लोबल आइकन प्रियंका चोपडा जोनास पछिल्लो समय सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीको टप १०० को सेलिब्रेटीको सूचिमा पर्छिन् । उनी ४९ नम्बरबाट १४ औं मा आइपुगेकी छिन् । पछिल्लो समय प्रियंकाको कुल कमाई २३.४ करोड थियो । उनको इन्स्टाग्राममा धनिको सूचिमा २०१९ की सबैभन्दा धनि भारतीय सेलिब्रेटीको रुपमा पनि नोमिनेसन भएकी थिइन् ।  उनी पछिल्लो समय इन्स्टाग्रामको एउटा पोस्ट बराबर १.९२ करोड चार्ज लिन्छिन् ।
     
    दीपिका पादुकोण 
    सबैभन्दा धनि अभिनेत्रीको सूचिमा दीपिका पादुकोणको नाम सधैँ अगाडि आउँछ । उनी सन् २०१८ मा ४८ करोड कमाई गरेर १० औं नम्बरमा पर्न सफल भएकी थिइन् । तर अहिले उनको नाम चौँथो नम्बरमा पुगेकी छिन् । उनको पछिल्लो वर्षको कमाई १११.८ करोड भइसकेको छ।
     
    अनुष्का शर्मा 
    अभिनेत्री तथा प्रोड्युसर अनुष्का शर्माको सन् २०१९ को कमाई २८.६७ करोड थियो । अनुष्का सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीको सूचिमा २१ औँ नम्बरमा पर्छिन् ।
     
    कैटरीना कैफ
    बलिउडकी अभिनेत्री  कैटरीना कैफको अघिल्लो वर्ष २३.६३ करोड थियो । जसले उनलाई धनि अभिनेत्रीहरुको सूचिमा २३ औँ नम्बरमा पर्छिन् । फिल्ममा काम गर्नुका साथै उनी केही ठूला ब्राण्डका एम्बेसडर पनि हुन् । 

  • सम्बन्धित विषय:

  • # बलिउड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology