Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

१४ वटा मन्त्रालय मन्त्रीविहीन, सास्तीमा कर्मचारी

१४ वटा मन्त्रालय मन्त्रीविहीन, सास्तीमा कर्मचारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ९, २०७८ शनिवार • ०८:३७:३६ बजे
  • 1.0K
    SHARES
  • १४ वटा मन्त्रालय मन्त्रीविहीन, सास्तीमा कर्मचारी

    लामो समयदेखि १४ वटा मन्त्रालय मन्त्रीविहीन छन्। यसै कारण कुनै पनि निर्णय लिनुपर्ने अवस्थामा मन्त्रालयका उच्च कर्मचारीले सास्ती भोग्ने गरेका छन्।

    images

    उनीहरू फाइल बोकेर प्रधानमन्त्री कार्यालय पुग्ने गरेका छन्। १४ वटा मन्त्रालयको जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवा सामान्यतया हप्ताको ३ देखि ४ दिनमात्र सिंहदरबार पुग्छन्।

    सिंहदरबार पुगेको बेला प्रधानमन्त्री कार्यालयमै उनलाई भ्याइनभ्याइ हुन्छ।

    अन्य मन्त्रालयमा जान फुर्सद नै हुँदैन। कहिलेकाहीं सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको बैठकमा सहभागी भई देउवा प्रधानमन्त्री कार्यालय नै नपुगीकन निस्कन्छन्।

    २०७८ असार २९ मा मन्त्रिमन्डल गठन भए यता आफूले जिम्मेवारी लिएका १४ मन्त्रालयमा देउवा एकपटक पनि पुगेका छैनन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भने उनले राज्यमन्त्री नियुक्त गरेका छन्।

    यो खबर आजको नागरिक दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology