Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कांग्रेस पालिका अधिवेशनमा कास्कीको रुपा र अन्नपूर्णमा निर्विरोध समिति चयन

कांग्रेस पालिका अधिवेशनमा कास्कीको रुपा र अन्नपूर्णमा निर्विरोध समिति चयन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ९, २०७८ शनिवार • १२:०४:४४ बजे
  • 709
    SHARES
  • कांग्रेस पालिका अधिवेशनमा कास्कीको रुपा र अन्नपूर्णमा निर्विरोध समिति चयन

    पोखरा । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत आज जारी पालिका अधिवेशनमा कास्कीको रुपा र अन्नपूर्ण गाउँपालिकामा निर्विरोध पालिका समिति चयन भएको छ।

    images

     

    अन्नपूर्ण गाउँपालिकामा पार्टीको आगामी नेतृत्वका लागि मनपति भण्डारी सभापतिमा चयन भएका छन्। भण्डारी यसअघि पनि नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका सभापति थिए।

    समितिको उपसभापतिमा सुशील भट्टचन र गौमाया नेपाली, सचिवमा कृष्णप्रसाद सुबेदी र विजय गुरूङ तथा सहसचिवमा ध्रुव घले र मुक्ति गुरूङ निर्विरोध निर्वाचित भएका छन्।

    यसैगरी रुपा गाउँपालिकाको सभापतिमा विमल बाबु न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। समितिको सचिवमा विकल ओझा निर्विरोध निर्वाचित भएका छन्।

    नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलका अनुसार बाँकी पालिकामा निर्वाचन भइरहेको छ।

    कास्कीको मादी र माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकामा निर्वाचन जारी छ।

    पोखरा महानगरपालिकाको सभापति पदका लागि ६ जनाको प्रतिस्पर्धा छन्। यस्तै दुई उपसभापतिको लागि ६ जना, दुई सचिव पदमा तीन जना र दुई सहसचिवको लागि ६ जनाको चुनावी प्रतिस्पर्धामा छन्।

    निर्वाचन अधिकृत आर सी विमलका अनुसार ३ बजे मतदान सकिने छ। मतदान लगत्तै मतगणना सुरु गरिने उनले बताए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology