Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भरतमोहन अधिकारीकी छोरी लीमा एकीकृत समाजवादीमा

भरतमोहन अधिकारीकी छोरी लीमा एकीकृत समाजवादीमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ९, २०७८ शनिवार • १२:३५:१० बजे
  • 1.9K
    SHARES
  • भरतमोहन अधिकारीकी छोरी लीमा एकीकृत समाजवादीमा

     वरिष्ठ वामपन्थी नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लीमा अधिकारी सक्रिय राजनीतिमा आउने भएकी छन्।

    images

    लीमाले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट राजनीति गर्ने भएकी हुन्।

    पार्टीले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघको अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ।

    लीमा यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत् सामाजिक सेवामा सक्रिय थिइन्। उनी नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरको महासचिव समेत हुन्।

    अधिकारीले ठूलोबुबा (पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी) र बुवाले राजनीतिमार्फत् गर्न खोजेको सामाजिक परिवर्तनको अभियानलाई सार्थक तुल्याउन आफू सक्रिय राजनीतिमा आएको बताइन्।

    'मनमोहन प्रधानमन्त्री र भरतमोहन अर्थमन्त्री रहनुभएको एमालेको नौ महिने सरकारले ल्याएका सामाजिक सुरक्षा, आफ्नो गाउँ आफैं बनाऔं,|

    महिलाका नाममा घरजग्गाको स्वामित्व जस्ता एजेण्डाले नेपाली समाजलाई आजको स्थानमा ल्याउन धेरै ठूलो भूमिका निर्वाह गरेको छ’, अधिकारीले भनिन्, 'तर मुलुकको आर्थिक विकास र समृद्धिका लागि गर्नुपर्ने काम धेरै बाँकी छन्,|

    त्यसैले राजनीतिमा हामीजस्ता युवाहरूको आवश्यकता छ भन्ने बुझेर सक्रिय राजनीति गर्ने सोच बनाएकी हुँ।’ लीमा भरतमोहनका तीनमध्ये माहिली छोरी हुन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology