Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पूर्व मुख्य सचिव लिलामणि पौड्याल नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय

पूर्व मुख्य सचिव लिलामणि पौड्याल नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ९, २०७८ शनिवार • १४:२५:०२ बजे
  • 1.8K
    SHARES
  • पूर्व मुख्य सचिव लिलामणि पौड्याल नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय

    नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणि पौड्याल नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय भएर लागि परेका छन् ।

    images

    उनी आफ्नो जन्मस्थान गुल्मीको रुरुक्षेत्र गाउँपालिका-५ बम्घास्थित माओवादी केन्द्रको वडा भेला तथा वाईसियल नेपालको समेत वडा भेलामा कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै पूर्व मुख्य सचिव पौडेल खुलेरै माओवादी केन्द्रको राजनैतिक यात्रा थालनी गरेका छन् ।

    नेकपा एमाले नेता प्रदिपकुमार ज्ञवालीको निर्वाचन क्षेत्र र जन्मथलोसमेत रहेको त्यस भेगमा माओवादीले लडेर विकास निर्माण ल्याएको बताएका छन् । तर, जस भने एमालेले लिँदै आएको उनको आरोप छ । उनले भने, ‘सब भन्दा बढी कुप्रचार यहि बम्घामा भएको छ ।

    हामी माओवादी लडेर, राज्यसत्तासँग पंखेजोडी खेलेर साधन श्रोत ल्याएर यहाँको विकास निर्माणमा काम गर्ने, अनि उहीँ क्या ? काम गर्ने कालु मकै खाने भालु भन्या जस्तो, सोशल मिडियामा चोर-डाकाहरु भनेर लेख्ने ।’ विकास ल्याउने माओवादी भए पनि एमालेलाई जनताले विश्वास गरेको र प्रतिवादमा उत्रन नसकेको पनि उनको बुझाइ छ ।

    उनका अनुसार यस विषयमा जनताले दुई कारण प्रतिवादन गर्न सकेका छैनन् । कार्यक्रममा उनले भने, ‘अनि तपाईहरुले फेरि त्यहीँ पत्याउने, तपाईहरु प्रतिवाद गर्न नसक्ने ।

    दुई वटा कारणले तपाईहरुले प्रतिवाद गर्न नसकेको हो । पहिलो तपाईहरुलाई प्रशिक्षण थिएन, रुपान्तरणको एजेण्डा बोक्ने मान्छे को हो भन्ने थाह थिएन ।

    तपाईहरु संगठित हुनु भएको थिएन । उनीहरु संगिठत ढंगले प्रतिवाद गर्थे । तपाई एक्ला–एक्लै हुनुहुन्थ्यो । अब तपाईहरुको काम हो त्यस्ता कुरा आउनेवित्तिकै तुरुन्त पार्टी कमिटी बस्ने , सत्य पत्ता लगाउने, बिश्लेषण गर्ने, सूचना सहि लिने, लिए पछि सूचनालाई कसरी प्रतिवाद गर्ने भन्ने बारे निर्णय गर्ने । ’

    उनले अहिलेको ब्यवस्था ल्याउने र रुपान्तरणको एजेण्डा बोक्ने पनि माओवादी पार्टी नै भएको ठोकुवा गरेका छन् । उनले कार्यकर्ताहरुसँग प्रतिप्रश्न गर्दै थपे, ‘यो ब्यवस्था कसले ल्यायो ? यो ब्यवस्थाको वाकलत गर्ने को ? यो स्थापित गर्ने को ? समाज रुपान्तरण भनेको त त्यो हो नि ।’

    उनका अनुसार हिजो समाजमा जुन किशिमको सामाजिक हिसाबले पछाडी परेको वर्ग समुदाय थियो, जाती थियो । त्यसलाई राज्य सत्ताको मुख्य केन्द्रमा लैजान, त्यसलाई अवसरहरु दिलाउनका लागि लड्ने शक्ति माओवादी केन्द्र नै रहेको उनले बताए । उनले भने, ‘लड्यो र लडेरै स्थापित गर्यो ।

    संविधानमा, कानुनमा, राज्य प्रणालीमा, ब्यवस्थामा , त्यसकारण त तपाईहरु प्रतिनिधि भइरहनुभएको छ । हिजो त त्यस्तो थिएन । अधिकारको रुपमा थिएन ।

    भलै कोही नियुक्त भएका थिए भन्लान नि ।’ नेकपा एमाले र माओवादी एउटै नभएको पनि उनले बताएका छन् । उनले भने, ‘तपाईलाई लाग्ला सबै उस्तै उस्तै हुन् । एमाले र माओवादी भन्या उस्तै उस्तै हुन् यता गए पनि हुन्छ उता गए पनि हुन्छ । तर, होइन । आधारभूत रुपमा फरक छ ।

    आधारभूत रुपमा एजेण्डा बोक्ने विषयमा फरक छ । राज्य प्राणीलेको वकालतको विषयमा फरक छ ।’ वडाका अध्यक्ष तारा रानाको अध्यक्षतामा २९ सदस्यीय माओवादी केन्दको वडा कमिटी र दुर्गा पुरिको अध्यक्षतामा वाईसियलको २९ सदस्य वडा कमिटीलाई पूर्व मुख्य सचिव पौड्यालले प्रमुख अतिथीको हैसियलले सपथ खुवाएका थिए ।

    कार्यक्रममा स्थानीय तहको निर्वाचनमा रुरु क्षेत्र गाउँपालिकामा अध्यक्षका उमेदवार रहेका माओवादी केन्द्रका युवा नेता यदु ज्ञवालीले विशेष आतिथ्यता थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology