Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमाले केन्द्रीय कमिटी : तीनवटा दस्तावेजमाथि समूहमा छलफल

एमाले केन्द्रीय कमिटी : तीनवटा दस्तावेजमाथि समूहमा छलफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ९, २०७८ शनिवार • १५:०६:१५ बजे
  • 946
    SHARES
  • एमाले केन्द्रीय कमिटी : तीनवटा दस्तावेजमाथि समूहमा छलफल

     नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफल सकिएको छ ।

    images

    बैठकमा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ । उक्त १० वटै समूहबाट टोली नेता चयन भएका छन् ।

    उनीहरूले छलफलको निष्कर्ष सुनाउने बताइएको छ । जानकारी अनुसार प्रदेश नं. १ बाट हिक्मत कार्की, प्रदेश नं. २ बाट रामचन्द्र मण्डल, बागमती प्रदेशबाट आनन्द पोखरेल, गण्डकी प्रदेशबाट जगत विश्वकर्मा चयन भएका छन् ।

    त्यस्तै लुम्बिनी प्रदेशबाट दलबहादुर राना, कर्णाली प्रदेशबाट यमलाल कँडेल, सुदूरपश्चिम प्रदेशबाट कर्ण थापा चयन भएका छन्, भने |

    उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराईले चयन भएका छन् ।

    उक्त समूहगत छलफलको सुझावपछि अध्यक्ष केपी शर्माओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले जवाफ दिने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology